1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आउने बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्छ : सभापति देउवा

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताएका छन ।

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा सोमबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

“स्वदेशमा उत्पादित वस्तु बजार प्रवद्र्धन गर्न उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,” देउवाले भने, “डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट सूचना प्रविधिको प्रवद्र्धनमा टेवा पुग्ने छ ।”
सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाएका छन । सरकारले मन जित्ने गरी काम गरे अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्ने थापाले बताए ।