काठमाडौँ । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पुर्वबाट आउने साना सवारीसाधनहरू हेटौंडा-कुलेखानी सडक र पश्चिमबाट आउने सवारीसाधनहरू कालिगण्डकी कोरिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सकिने जानकारी दिएको छ ।
पहिरो पन्छाउनको लागि डिभिजनबाट हाल २ वटा लोडर परिचालन भैसकेको र पहिरो झर्न रोकिए छिटोभन्दा छिटो सवारी आवागमन सूचारू गरिने जानकारी कार्यालयले गराएको छ ।




