काठमाडौं, १८ वैशाख । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल गहुँ उत्पादनमा आत्मनिर्भर बन्ने दिशातर्फ ऐतिहासिक कदम चालेको छ।
नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभामा कृषि सूचना, विश्लेषण र परामर्श सेवाका लागि भारतको Agriwatch कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडले यो सम्झौता नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रबाट भू-उपग्रह प्रविधिको प्रयोगमा पहिलोपटक भएको महत्वपूर्ण पहल भएको बताए।
सम्झौता अनुसार, वैज्ञानिक विश्लेषण, तथ्याङ्क सङ्कलन, र डिजिटल समाधानको प्रयोगमार्फत कृषकहरूलाई लक्षित सहायता दिइनेछ। संघका अनुसार तीन वर्षभित्र नेपाल गहुँमा पूर्ण आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको छ।




