काठमाडौं, १८ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार कम्पनीको ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता र संस्थापक सेयरधनीहरुको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको आईपीओलाइ पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज दिएको छ । सोही रेञ्जका आधारमा उक्त सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।




