काठमाडौं, २१ वैशाख । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१को नाफाबाट लाभांश वितरण गर्ने भएको छ ।
इन्स्योरेन्सको वैशाख १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
संचालक समितिले प्रस्ताव गरेको सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीमा वितरण हुनेछ ।




