काठमाडौँ, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुङ्गानाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।
कायममुकायम गभर्नर ढुङ्गानाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन ।
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।




