२०८३ बैशाख १३

करिब १३ लाख ७० हजार बराबार काजु बरामद

धनुषा । धनुषाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार बराबारको काजु बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा ८ नम्बर गण धनुषाले उल्लेखित मूल्य बराबरको १ हजार ३७० किलोग्राम काजु बरामद गरेको हो । 

बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।