काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राईले राजधानीको लैनचौरमा हिमालयन जाभाको आउटलेट सञ्चालनमा ल्याएकी छन् । शुक्रबार उक्त आउटलेटको नेपालका लागि बेलायती राजदूत रब फेनले उद्घाटन गरे । उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष हेमराज शर्मासहित एनआरएनए अभियन्ता र नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
होटल मल्ल परिसरमा हिमालयन जाभा सञ्चालनमा ल्याउँदै गर्दा उपाध्यक्ष रोजिना प्रधान राईले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भन्दै यसबाट आफू उत्साहित रहेको समेत बताइन् ।





