काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२८ कम्पनिका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भुजुङ हाइड्रो र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी भूगोल इनर्जीको शेयर ३.०६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ भने एनगाडी पावरको शेयर ३० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।




