काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचत डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको वैठकले सभामुखमा अर्याललाई निर्विरोध निर्वाचित गरेको थियो ।
सभामुख अर्यालले आज दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहण लगतै अर्यालले कार्यकक्ष पुगेर कार्यभार सम्हाल्ने भएका छन् ।
आजको प्रतिनिधिसभा वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । लामिछानेको प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए ।
शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।




