२०८३ बैशाख १३

राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले भण्डारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । 

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो । 

एमाले सांसद रहेकी भण्डारी सोमबारको राष्ट्रिय सभामा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।