काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो। असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको छ । पौडेलका अनुससार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन । विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।
केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।




