काठमाडौँ, १६ असार। लियोनल मेसीको क्लब इन्टर मियामी क्लब विश्वकप फुटबलबाट बाहिरिएको छ।
पेरिस सेन्ट जर्मन (पिएसजी) सँग ४–० को स्पष्ट हार बेहोरेपछि मियामी प्रतियोगिताबाट बाहिरिएको हो। पिएसजीका जाओ नेभासले दुई गोल गरे भने एक आत्मघाती गोल र अस्राफ हाकिमीको अन्तिम गोलले मियामीलाई हरायो।
हालै क्लब विश्वकपको पहिलो चरण पार गरेको मियामी मेसीको आगमनपछि नयाँ उचाइमा पुगेको थियो। अब पिएसजी क्वार्टर फाइनलमा बायर्न म्युनिखसँग भिड्नेछ।




