२०८३ बैशाख १३

धितोपत्र बोर्डबाट बाहिरिए गोकर्ण अवस्थी

काठमाडौँ, १६ असार। नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यबाट नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थी बाहिरिएका छन्।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अवस्थीको बाहिरिएको पुष्टि गरेका हुन्।

पूर्व आर्थिक पत्रकार समेत रहेका अवस्थी २०८१ सालको भदौमा महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए। तर हाल संसदमा दर्ता भएको धितोपत्रसम्बन्धी ऐन संशोधन विधेयकले उद्योग महासंघ र चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) का प्रतिनिधिलाई बोर्डबाट हटाउने प्रस्ताव गरेपछि अवस्थीको कार्यकाल छोटिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघबाट बोर्डमा प्रतिनिधित्व गर्ने चलन नयाँ होइन। महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल स्वयं पनि यसअघि सञ्चालक समिति सदस्य रहिसकेका थिए।

अवस्थीको मनोनयन पनि यही निरन्तरता थियो, तर अब कानुनी संरचना बदलिँदै जाँदा त्यो अभ्यास अन्त्य हुने देखिन्छ।