काठमाडौँ, १६ असार। नेकपा (एकिकृत समाजवादी)पार्टीले अध्यक्ष माधवकुमार नेपालबारे सार्वजनिक रूपमा नबोल्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध सार्वजनिक रुपमा वाद–प्रतिवादमा नउत्रिन आग्रह गरेका हुन् ।
नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको र उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न आग्रह गरेको हो ।




