काठमाडौँ, ३० असार। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ३५.०९ अंकले घटेर दुई हजार ७२५ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल २ करोड ११ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र ४० करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।




