२०८३ बैशाख १३

गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु

काठमाडौँ, १५ साउन। उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरू इजरायली गोलीबारीबाट मारिएका छन् ।

हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ ।

इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ ।

गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताएको एएफपीले उल्लेख गरेको छ । अस्पतालले कम्तिमा ४८ प्यालेस्टिनीहरू मारिएको दाबी गरेको छ ।