काठमाडौँ, १५ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन गरेका छन् ।
करिब ४ करोड ६५ लाख लागतमा निर्माण सम्पन्न भएको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए । उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने बताए ।
यस्तै, मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए ।




