२०८३ बैशाख १३

बारको आरोप: सत्ताको मनपरी नियुक्ति, न्यायपालिकामा विविधता र विश्वास दुबै तहसनहस

काठमाडौँ, २४ साउन। नेपाल बार एशोसिएशनले उच्च अदालतको २७ न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाएको छ ।

न्यायाधीश नियुक्तिमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको बारको ठहर छ ।

‘न्यायपालिकाजस्तो महत्त्वपूर्ण अंगमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा, यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ । यस्तो असन्तुलित नियुक्तिले न्यायपालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पुर्याएको छ । न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाएको छ,’– उनले भने ।