२०८३ बैशाख १३

कैलाली कारागारमा झडप: एक जनाको मृत्यु, करिब ५० जना घाइते

काठमाडौँ, २४ साउन। कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि नै भएको झडप गएराती एक्कासी बढेपछि एक जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।

हाल मृतकको पहिचान तत्काल खुलाइएको छैन भने घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कारागारको ए र बी ब्लकका कैदीबीच झडप भएको बताइएको छ ।