२०८३ बैशाख १३

बेनी-दरबाङ सडकखण्ड अवरुद्ध

काठमाडौँ, २६ साउन। म्याग्दीस्थित बेनी-दरबाङ सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान म्याग्दीको मलिका गाउँपालिका-६ बाङगे भीरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो झरी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।