२०८३ बैशाख १३

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याइने, विभागले दियो स्वीकृति

काठमाडौँ, ३० साउन। सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ ।

कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो ।

लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । तर, कारागार विभागले भने उनलाई नख्खु ल्याउनको लागि अनुमति दिएको हो ।

विभागकाअनुसार लामिछानेलाई काठमाडौं ल्याईने प्रक्रिया थालिएको छ । रुपन्देही कारागारमा लामिछानेलाई न्यूनतम मानवअधिकारको पनि प्रत्याभूति नहुनेगरि राखिएको भनेर समाचार आएपछि मानवअधिकार आयोगको टोली स्थलगत अवलोकनको लागि पुगेको थियो ।