२०८३ बैशाख १३

फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए

काठमाडौं, ३१ साउन । साउदी प्रो लिग क्लब अल नासरले फ्रेन्च विंगर किंग्सले कोमनलाई भित्र्याएको छ । अल नासरले कोमनसँग तीन बर्षको सम्झौता गरेको हो ।

२९ बर्षिय कोमनलाई अल नासरले बयार्न म्युनिखबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार अल नासरले कोमनका लागि ३० मिलियन युरो खर्च गरेको छ ।

अल नासरले यसअघि पोर्चुगलका जोआओ फेलिक्स र स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएको थियो ।

यस अघि अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो ।

त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको थियो ।