२०८३ बैशाख १३

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ, नेपालगंजमा अपराधी सञ्जाल सक्रिय भएको संकेत

काठमाडौँ, १ भदौ । नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।