२०८३ बैशाख १३

कर्णाली प्रदेशमा बुधबार सार्बजनिक बिदा

काठमाडौँ, ३ भदौ। कर्णाली प्रदेश सरकारले बुधबार स्थापना तथा शहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बुधबार प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।