२०८३ बैशाख १३

मधेश प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौँ, ५ भदौ । मधेश प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

गत बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित सचिव सत्रुधन यादवले जानकारी दिएका छन् ।

प्रदेश सभाको पाँचौं अधिवेशन गएको असार ३२ गते अन्त्य भएको थियो ।