२०८३ बैशाख १३

टोटनह्यामसँग घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ब्रेनान जोन्सन र जोआओ पलहिन्हाले एक एक गोल गरेका थिए । यो टोटनह्यामको यस सिजनमा लगातार दोस्रो जित हो ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा हार बेहोरेको छ ।