पर्सा । विरगंज महानगरपालिका-२ र ३१ का वासिन्दालाई हराभरा र स्वस्थ वातावरणको सन्देश सहित गुडविल सोसाइटीले ३५ सय बिरुवा वितरण गरेको छ ।

अम्बा, अमला, सखुवा, सिसो लगायतका फलफूल र बनस्पतिको बिरुवा निशुल्क वितरण गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो । आलमले यस अभियानले केवल वातावरण सुन्दर बनाउन मात्र नभई भविष्यलाई सुरक्षित र स्वस्थ बनाउन योगदान गर्ने बताए । उनले भने, “हामीले वितरण गरेका बिरुवाहरू हाम्रै लागि हरियाली र जीवनदायी वातावरणको आधार बन्नेछन् ।”

बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साले महत्वपूर्ण सहयोग पुर्याएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमले स्थानीय वासिन्दालाई वातावरण संरक्षणमा सक्रिय सहभागी हुन प्रेरित गरेको छ। सोसाइटीले भनेको छ, बिरुवा बुझेका वासिन्दाहरूले त्यसको संरक्षण र हेरचाहमा जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् ।
गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि यस्तै हरियाली अभियानलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गरेको छ ।





