२०८३ बैशाख १३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २३५० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।