काठमाडौं । जेठमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद स्थगित भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार भएको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नहुने निर्णय घोषणा गरेका हुन्।
गत मंसिरमा पहिलो पटक स्थगित भएको दसौं राष्ट्रिय खेलकुद आगामी जेठ ३ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा हुने तय थियो ।
यससँगै दसौं राष्ट्रिय खेलकुद दोश्रो पटक स्थगित हुन पुगेको छ ।




