२०८३ बैशाख १३

दिनेश लिङ्देनको निर्देशनमा चलचित्र ‘मातृभूमि’ बन्दै ।

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्सको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा निर्देशक लिङ्देन स्वयंको लेखन छ भने कविता राई लिङ्देनको लगानी रहनेछ । नेपालका विभित्र जातजातिको संस्कार र संस्कृतिमा चलचित्र आधारित रहने जनाइएको छ ।

काठमाडौं, नेपालको पूर्वी जिल्ला र अमेरिकामा छायांकन हुने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा, शम्भु फोम्बो लगायतको अभिनय रहनेछ ।

नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको चलचित्रमा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् । यसमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व निर्देशन, जनक कार्कीको नृत्य निर्देशन, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ ।