काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को आम चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । आजबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनमा धाँधली हुन नदिनेपनि बताए । कांग्रेस र एमालेजस्ता बलियो शक्तिहरु नै सरकारको नेतृत्वमा भएकोले अबको निर्वाचनमा कसैलेपनि धाँधली गर्न नसक्ने दाबी गरेका हुन् । उनले पार्टी पँक्तिलाई पार्टीको एकल बहुमत आउनेगरि जनताको बीचमा काम गर्न निर्देशन दिए ।
उनले भने,‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौँ।’
सुरुवातमा प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) ले ३२ नम्बरको जादु छ भन्दै आफूहरुलाई राजनीतिको किनारामा राख्न खोजेको भएपनि १४ महिनाअघि त्यो जादुबाट माओवादीलाई मुक्त गराईदिएको टिप्पणी गरे ।




