२०८३ बैशाख २४

संसद सचिवालयमा सर्वदलीय बैठक जारी

काठमाडौँ । संसद् सचिवालयमा सर्वदलीय बैठक जारी रहेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बोलाएको बैठकमा प्रतिनिधि सभामा निर्वाचित दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरिरहेका छन् । बैठकले विहिबारदेखि शुरु हुने बैठकको कार्यसूचीसहित बैठक संचालनको बिधि बारे छलफल हुने बताइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक विहिबार दिउसो २ बजेका लागि बोलाइएको छ ।

Read More

हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनि रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् । 

भाद्र २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ भनी आश्वासन दिई धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनी ९ लाख रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

एसइइ परीक्षा भोलि देखि

काठमाडौँ । भोलि देखि यस बर्षको एसइइ परीक्षा शुरु हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ । 

कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य रहेका छन् । 

जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिदैछन् । त्यस्तै जापानको एभरेस्ट स्कुलसहित कुल एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा संचलान हुने कार्यालयले जानकारी दिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि हुन लागेको छ ।

Read More

सचेतना सन्देश दिदै प्रहरीको अप्रिल फूल !

काठमाडौं । अप्रिल फुलको दिन नेपाल प्रहरीले सचेतना सन्देश दिएको छ ।

बुधबार प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गर्दै तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’ सुनिश्चित गर्न यो क्यूआर कोड स्क्यान गर्नुस् भनेको छ ।

प्रहरीले दिएको क्युआर कोड स्क्यान गर्दा सचेत गराउने सन्देश देखिन्छ । सो सन्देशमा भनिएको छ ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ ।’

प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्न र स्क्यान गर्नुअघि भेरिफाइ गर्न समेत अनुरोध गरेको छ ।

Read More

प्रहरी परिसर काठमाडौंको अवलोकनमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् ।

बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए ।

Read More

लामो युद्धका लागि तयार रहेको इरानको चेतावनी

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग लामो युद्धका लागि तयार रहेको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने बताएका छन् ।

रसियन च्यानल आरटीसँग कुरा गर्दै उनले देशले लामो समयसम्म युद्ध लड्न सक्ने गरी तयारी गरिसकेको बताउँदै परिस्थिति अनुसार लडाइँ अघि बढ्ने स्पष्ट पारेक छन् । उनले भनेका छन्- ‘राष्ट्रको सुरक्षा र सार्वभौमिकता सबैभन्दा माथि हो, त्यसको रक्षा गर्न कुनै पनि हदसम्म जान तयार छौँ ।’

अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै जमीनी आक्रमण भए इरान पूर्ण रूपमा तयार रहेको समेत बताएका छन् । उनले भने- ‘हामी उनीहरूको प्रतीक्षामा छौँ ।’

इरानले आफैं जमीनी युद्ध चाहेको नभए पनि यदि यस्तो अवस्था आएमा त्यसको कडा जवाफ दिने उनले जनाए । उनका अनुसार अमेरिकी जमीनी आक्रमणको कुनै डर नरहेको र कुनै पनि परिस्थितिको सामना गर्न इरान सक्षम रहेको दाबी गरिएको छ ।

यसबीच इरानले अमेरिका र इजरायल माथि तेहरानस्थित औषधि उद्योगमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा ‘तोफिघ दारु’ नामक औषधि कारखाना लक्षित भएको इरानको भनाइ छ ।

इरानी अधिकारीहरूका अनुसार उक्त कारखाना अस्पताल र शल्यक्रियामा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्ने महत्वपूर्ण केन्द्र थियो । आक्रमणका कारण देशको स्वास्थ्य आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले उत्पादन र अनुसन्धान इकाइमा ठूलो क्षति पुगेको जनाएको छ भने विदेश मन्त्रालयले यसलाई युद्ध अपराधको संज्ञा दिएको छ ।

उता इजरायलले भने आफूले रासायनिक गतिविधिसँग जोडिएको अनुसन्धान केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ । तर यसको समर्थनमा ठोस प्रमाण सार्वजनिक गरिएको छैन । 

Read More

एमाले संसदीय दलको नेतामा सुहाङले गरे दाबी, छलफल जारी

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी पेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा युवा नेता सुहाङले संसदीय दलको नेतामा आफ्नो दाबेदारी पेश गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार सुहाङले अहिलेको अवस्था अनुसार आफु संसदीय दलको नेतृत्व लिन तयार रहेको बताउदै परिस्थितिलाई पार्टीले नजरअन्दाज गर्न नहुने बताएका थिए । 

उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसिरहेको बैठकमा अहिले छलफल जारी रहेको छ ।

सुहाङले हालै सम्पन्न निर्वाचनमा इलाम-२ बाट निर्वाचित भएका थिए । एमालेको आज जारी संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक नियुक्त गर्दैछ ।

Read More

बाइक एम्बुलेन्स सञ्चालनको तयारीमा काठमाडौँ महानगर

काठमाडौँ । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो । 

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिएकी छन् ।

यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको थियो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ ।  यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ । 

छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाए । 

छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राखे । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएका थिए । 

कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ । 

सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो । 

Read More

क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, सवार सबै २९ जनाको मृत्यु

काठमाडौँ । रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुदा सवार २३ यात्रु र ६ चालक दलका सदस्य सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरुमा विमानसँग सम्पर्क विच्छेद भएको थियो । त्यसपछि विमान चट्टानमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण प्राविधिक खराबी हुनसक्ने आशंका गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने अझै भइसकेको छैन र विस्तृत अनुसन्धान जारी रहेको तासले उल्लेख गरेको छ ।

उक्त विमान सोभियत कालमा निर्माण गरिएको सैन्य ढुवानी विमान हो, जसलाई एन्तोनोभ कम्पनीले बनाएको हो। यसको पहिलो उडान सन् १९६९ मा भएको थियो । एएन–२६ विमान मुख्य रूपमा सैनिक, हतियार तथा सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिन्छ । यसले एकैपटक धेरै सैनिक वा भारी सामान बोक्न सक्ने क्षमता राख्छ ।

यस विमानको विशेषता भनेको सानो तथा कमजोर धावनमार्गबाट समेत उडान भर्न सक्ने क्षमता हो । त्यसैले दुर्गम तथा युद्ध क्षेत्रहरूमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पछाडिको ठूलो ढोकाबाट हवाईमार्फत सामग्री झार्ने कार्य पनि गर्न सकिन्छ ।

तर ५० वर्षभन्दा पुरानो डिजाइन भएका कारण यसको सुरक्षामाथि प्रश्न उठ्दै आएका छन् ।  हालसम्म पनि विभिन्न देशहरूले यस प्रकारका विमान प्रयोग गरिरहेका भए पनि क्रमशः आधुनिक ढुवानी विमानले यसलाई प्रतिस्थापन गर्ने प्रक्रिया जारी रहेको छ ।

Read More

कम्बोडियामा अलपत्र परेका ८ नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका ८ जना नेपालीको उद्धार गरिएको छ । प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र र क्यासिनोमा गैरकानुनी काममा लगाइएको थियो।

नेपाली दूतावास बैंकक को पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १७ गते कम्बोडियाबाट उडेर चैत १८ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।

दूतावासका अनुसार अझै पनि कम्बोडियामा केही नेपाली नागरिक अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा फसाइएका छन् भने केही बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेका छन्। यस्ता अवस्थामा रहेका नेपालीलाई नेपाल फर्काउने पहल जारी रहेको जनाइएको छ ।

दूतावासले समस्यामा परेका नेपालीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। विशेषगरी पासपोर्ट जफत गरिएको वा हराएको अवस्थामा समेत उद्धार प्रक्रिया अघि बढाइने बताइएको छ। यस्तो अवस्थामा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ ।

पछिल्लो समय कम्बोडियातर्फ नेपालीको आवागमन तीव्र रूपमा बढेको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा १०१ जना नेपाली पुगेकोमा २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६४०४ र २०२५ मा ९६७६ जना पुगेका छन् ।

दूतावासले वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको प्रक्रिया पूरा गर्न तथा आकर्षक आम्दानीको प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहानामा नजान आग्रह गरेको छ ।

Read More