२०८३ बैशाख १५

शनाया र आदर्शको फिल्म ‘तू या मैं’ नेटफ्लिक्समा १२ देशमा शीर्ष १० मा

काठमाडौँ । बलिवुड अभिनेत्री शनाया कपूरले ‘आँखों की गुस्ताखियाँ’ पछि यस वर्ष अर्को फरक भूमिकामा पनि दर्शकको प्रशंसा बटुलेकी छन् । निर्देशक बेजोय नाम्बियारको फिल्म ‘तू या मैं’मा आदर्श गौरवसँग अभिनय गर्दै उनले प्रभावशाली उपस्थिति देखाएकी हुन् ।

फिल्ममा शनायाले प्रभावशाली पात्र अव्नीको भूमिका निर्वाह गरेकी छन् । उनको पर्दा उपस्थिती, अभिनयको विविधता र आदर्श गौरवसँगको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्मको एक संवाद ‘तू यदि हो गई क्या, बच्ची ?’ सामाजिक सञ्जालमा विशेष चर्चामा आएको छ । यो संवाद छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेर विभिन्न मीम, रिल्स र इन्टरनेट चर्चाको हिस्सा बनेको छ ।

सिनेमाघर प्रदर्शनपछि केही दिनअघि ‘तू या मैं’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । त्यसपछि पनि फिल्मको लोकप्रियता निरन्तर बढिरहेको छ । भारतमा यो फिल्म पहिलो स्थानसम्म पुगेको छ भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि शीर्ष सूचीमा परेको छ । शनायाका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन् । दुई हप्तापछि पनि यो फिल्म १२ देशमा शीर्ष १० भित्र रहन सफल भएको छ ।

विशेषगरी शनाया कपूरले रोजेका फरक–फरक कथावस्तुका कारण उनको यात्रा थप चर्चामा आएको छ । ‘आँखों की गुस्ताखियाँ’को रोमान्टिक भूमिकादेखि ‘तू या मैं’को आधुनिक र फरक शैलीसम्म उनले सुरक्षित बाटोभन्दा नयाँ प्रयोग रोजेको विश्लेषण गरिएको छ ।

Read More

विस्थापित सुकुमबासीको गुनासो: ‘प्याकेटको खाना अपुग’

काठमाडौं । सरकारले शनिबार काठमाडौंका विभिन्न क्षेत्र: थापाथली, गैरीगाउँ र सिनामंगल बाट सुकुमबासी बस्ती हटाएको छ। हटाइएका परिवारहरूलाई कीर्तिपुरलगायत स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

सरकारले वास्तविक सुकुमबासी पहिचानका लागि भूमि सुधार तथा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोली परिचालन गरेको छ। उक्त टोलीले प्रभावित व्यक्तिहरूको व्यक्तिगत विवरण, पारिवारिक अवस्था तथा उनीहरूसँग रहेका सामानको अभिलेखीकरण गरिरहेको छ।

सम्पर्कमा आएका सुकुमबासीहरूलाई कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग आश्रममा स्थानान्तरण गरिएको छ। आश्रममा बसोबास गरिरहेका उनीहरूका लागि काठमाडौं महानगरपालिकाले प्याकेटमा खाना उपलब्ध गराउँदै आएको छ।

यद्यपि, अस्थायी व्यवस्थापनमा रहेका सुकुमबासीहरूले प्रदान गरिएको खाद्य सामग्रीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार उपलब्ध गराइएको एक प्याकेट खाना पर्याप्त नभएको भन्दै दैनिक जीवनयापनमा कठिनाइ भइरहेको गुनासो गरेका छन्।

Read More

इरान युद्धपछि अमेरिकाका महत्त्वपूर्ण र महँगा हतियारको भण्डारण घट्यो

काठमाडौँ । इरानसँग ३८ दिनसम्म चलेको युद्धमा अमेरिकाले आफ्ना धेरै महत्त्वपूर्ण र महँगा क्षेप्यास्त्र प्रयोग गरेपछि हतियार भण्डार तीव्र रूपमा घटेको बताइएको छ । चीनजस्ता ठूला देशसँग सम्भावित युद्धका लागि सुरक्षित राखिएका केही क्षेप्यास्त्र पनि यही युद्धमा प्रयोग गरिएको जनाइएको छ ।

रिपोर्टअनुसार अमेरिकाले युद्धमा करिब ११०० लामो दूरीका स्टेल्थ क्षेप्यास्त्र प्रयोग गरेको थियो। यी क्षेप्यास्त्र विशेष रूपमा चीनविरुद्ध प्रयोगका लागि तयार गरिएको मानिन्छ ।

यसका साथै १००० भन्दा बढी टमाहक क्षेप्यास्त्र, १२०० भन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र र १००० भन्दा बढी अन्य आक्रमणकारी क्षेप्यास्त्र प्रहार गरिएको थियो। यो युद्धमा कुल २८ अर्बदेखि ३५ अर्ब डलरसम्म खर्च भएको अनुमान छ । अर्थात् प्रतिदिन करिब १ अर्ब डलर खर्च भएको देखिन्छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको थियो । तर एउटै लक्ष्यमा पटक–पटक आक्रमण भएकाले वास्तविक प्रयोग भएका हतियारको संख्या अझ धेरै रहेको अधिकारीहरूले बताएका छन्।

विशेषगरी लामो दूरीका क्षेप्यास्त्र र टमाहकको भण्डार तीव्र रूपमा घटेको छ। एक अध्ययनअनुसार अहिले अमेरिकासँग करिब ३ हजार टमाहक क्षेप्यास्त्र मात्र बाँकी रहेको बताइएको छ ।

प्याट्रियट अवरोधक क्षेप्यास्त्र पनि तीव्र रूपमा सकिएको छ । एउटा यस्तो क्षेप्यास्त्रको मूल्य करिब ४० लाख डलर पर्छ । सन् २०२५ मा ६०० वटा उत्पादन भए पनि युद्धमा १२०० भन्दा बढी प्रयोग भएको जनाइएको छ ।

ह्वाइट हाउसले भने हतियार सकिएको दाबी अस्वीकार गरेको छ । प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना रहेको र पर्याप्त हतियार मौज्दातमा रहेको बताएकी छन् । हतियार अभावका कारण अमेरिकाले एशिया र युरोपबाट पनि आफ्ना सैन्य स्रोत मध्यपूर्व पठाउनुपरेको जनाइएको छ। यसले त्यहाँ तैनाथ सेनाको तयारीमा असर परेको बताइएको छ ।

अब अमेरिकासामु सबैभन्दा ठूलो चुनौती हतियारको भण्डार पुनः भरिने रहेको विश्लेषकहरूले बताएका छन्। रक्षा विज्ञहरूका अनुसार पुरानै स्तरमा भण्डार पुर्‍याउन धेरै वर्ष लाग्न सक्छ ।

Read More

सुकुम्बासी बस्तीका घरपालुवा जनावरको हेरचाह गरिदै

काठमाडौँ  ।  सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरुले  खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ ।

साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ ।

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Read More

विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।

उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।

Read More

मनोहरा क्षेत्रमा डोजर चल्दा अवलोकन गर्न पुगे प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको मनोहरा बस्तिमा डोजर चलेरहदा त्यसको अवलोकन गरेका छन् ।

मनोहरा नदी किनारका अतिक्रमित बस्ती तथा भूमिबिहीन नागरिकहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्न महानिरीक्षक कार्की सो स्थानमा पुहेका थिए ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए । यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो ।

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Read More

लेबनानमा हिज्बुल्लाहका ठेगानामा कडा आक्रमण गर्न नेतन्याहुको निर्देशन

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिज्बुल्लाहका ठेगानामाथि कडा आक्रमण गर्न सेनालाई निर्देशन दिएका छन् । युद्धविराम तीन हप्ता थपिएको दुई दिनपछि उनले यस्तो आदेश दिएका हुन्।

निर्देशनपछि इजरायली सेनाले नयाँ आक्रमण सुरु गरेको छ। यसअघि शनिबार दक्षिणी लेबनानमा भएका हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

सीमापार दुवै पक्षबाट भएका ताजा आक्रमणले युद्धविराम सम्झौतामाथि थप दबाब बढाएको छ। यसले युद्धविराम अझै कमजोर अवस्थामा रहेको देखाएको छ ।

वाशिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भएको वार्तापछि बिहीबार युद्धविराम अवधि थपिएको थियो । यो सम्झौता पूर्ण रूपमा आक्रमण रोक्नेभन्दा पनि हिंसा कम गर्ने उद्देश्यमा सीमित रहेको बताइएको छ ।

शनिबार नबातियेह जिल्लाको योहमोर अल शकिफ क्षेत्रमा एक ट्रक र मोटरसाइकलमाथि भएको इजरायली आक्रमणमा ४ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै बिन्त जुबैल जिल्लाको सफद अल बत्तीख क्षेत्रमा भएको अर्को आक्रमणमा २ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

इजरायल रक्षा बलले शनिबार हतियार बोकेको सवारीमा रहेका हिज्बुल्लाहका ३ सदस्यलाई मारिएको दाबी गरेको छ। साथै मोटरसाइकलमा रहेका अर्का एक सदस्य पनि मारिएको जनाएको छ ।

Read More

सरकारी जग्गा खाली गर्ने कार्य आजपनि जारी, गोठाटार र मनोहरामा चलाइयो डोजर

काठमाडौँ । सरकारले आज पनि काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको  जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

Read More

सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै

काठमाडौँ । अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ । 

यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएको काठमाडौँ महानगरले जनाएको छ ।

पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिएका छन् ।

शनिवार राधास्वामी सत्संग व्यास आश्रममा २३२ जना लगिएकोमा बालाजु क्षेत्रका होटलहरुमा १११ जनालाई व्यवस्थापन गरिएको थियो भने बाँकी आफन्त भेट्ने, कोठा खोज्ने विवरण टिपाएर बाहिर निस्किएका थिए ।

Read More