२०८३ बैशाख २५

एकाबिहानैदेखि गृहमन्त्री गुरुङको दौडधुप, उपत्यकामा आकस्मिक अनुगमन

काठमाडौँ । काठमाडौं उपत्यकामा शनिबार बिहानै गृहमन्त्री सुधन गुरुङ असामान्य रूपमा सक्रिय देखिएका छन्। उनी आफैं सवारी साधन चलाउँदै विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको अवस्था बुझ्न अनुगमनमा निस्किएका हुन्।

बिहानको सुरुवातसँगै गुरुङ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए। त्यहाँ उनले ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको बुझिएको छ। त्यसपछि उनको यात्रा ललितपुरतर्फ मोडिएको थियो।

ललितपुरमा उनले पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्रको निरीक्षण गरे भने जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर पुगेर सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका थिए। यस क्रममा सम्बन्धित अधिकारीहरूसँग उनले छोटो छलफल पनि गरेको स्रोतले जनाएको छ।

जावलाखेलबाट सातदोबाटोतर्फ अघि बढ्दै गर्दा मन्त्री गुरुङले आफ्नो भ्रमणलाई नियमित अनुगमनको हिस्सा मात्र भएको बताएका छन्। यद्यपि उनको यस्तो आकस्मिक सक्रियताले सुरक्षा निकाय र प्रशासनिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ।

Read More

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् ।

उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- ‘बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ  होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली  राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।’

Read More

संयम र धैर्यताकासाथ एक भएर प्रतिकुल परिस्थितिको सामना गर्छौं- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको अबिलम्ब रिहाईको माग गरेका छन् । 

नेता भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने भन्दै ओली र लेखकको तत्काल रिहाईको माग गरेका हुन् ।  

नेता भट्टराईले संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने बताउदै भनेका छन्- ‘कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।’

नेता भट्टराईले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस भन्दै पार्टीले कानूनी र राजनीतिक बाटो लिने बताएका छन् । उनले लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनुपर्ने उल्लेख गर्दै प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानुपर्नेमा जोड दिएका छन् ।

Read More

आइपिएलको १९औं संस्करण आजदेखि, उद्घाटन खेलमा बैंगलुरु र हैदरावाद खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण आजदेखि सुरु हुदैछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो फ्रेन्चाइजी प्रतियोगिताको रुपमा स्थापित भएको छ ।  

यस सिजनको उद्घाटन खेल आज डिफेन्डिङ च्याम्पियन भने रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच हुदैछ । यो खेल नेपाली समयअनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।  बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने खेलमा दुवै टोली जितबाट यात्रा सुरु गर्ने तयारीमा छन् । उपाधि जोगाउने लक्ष्यमा रहेको  बैंगलुरु र नयाँ सुरुआत खोजिरहेको हैदराबादबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

दुवै टोलीको बलिङ पक्ष भने केही कमजोर देखिएको छ ।  बैंगलुरुले यस सिजनमा आफ्ना महत्वपूर्ण बलरहरूबिना खेल्नुपर्नेछ, जसका कारण टोलीले अनुभवी तथा नयाँ खेलाडीमाथि बढी भर पर्नुपर्ने अवस्था छ । हैदराबादतर्फ पनि सुरुआती चरणमा प्रमुख खेलाडी अनुपस्थित रहने भएकाले टोलीको संयोजन प्रभावित हुने देखिन्छ । यसले बलिङलाई थप चुनौतीपूर्ण बनाउने अनुमान गरिएको छ।

उद्घाटन समारोह नहुने

आइपिएलको यस सिजनमा उद्घाटन समारोह नहुने भएको छ । भारतीय क्रिकेट बोर्डका सचिव देवजीत सैकियाले जानकारी दिएका छन् । उनका अनुसार यस पटक पहिलो दिन कुनै पनि सांस्कृतिक कार्यक्रम वा औपचारिक उद्घाटन समारोह आयोजना गरिने छैन । सैकियाले गत वर्ष ४ जुनमा भएको दुःखद घटनाका कारण यस पटक उद्घाटन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । गत वर्ष ४ जुन २०२५ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक उपाधि जितेपछि बेंगलुरुमा विजय उत्सव निकालिएको थियो । सो क्रममा रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो ।

यस पटक भने प्रतियोगिताको समापनमा भव्य समापन समारोह गर्ने तयारी भइरहेको छ । फाइनल खेल ३१ मे मा हुने बताइएको छ । अघिल्लो सिजनको उद्घाटन समारोह कोलकाताको इडेन गार्डेन्समा भएको थियो । त्यहाँ अभिनेता शाहरुख खानले कार्यक्रम सञ्चालन गरेका थिए भने दिशा पाटनी, श्रेया घोषाल र करण औजला लगायतले प्रस्तुति दिएका थिए । विराट कोहली र रिंकु सिंहले समेत मञ्चमा नृत्य गरेका थिए । यस पटक बेंगलुरुको चिन्नास्वामी रंगशालामा ११ जनाको सम्झनामा विशेष व्यवस्था गरिएको छ । क्लब र कर्नाटक क्रिकेट संघले ११ वटा सिट सधैं खाली राख्ने निर्णय गरेका छन् । ती दर्शक सिट अन्तर्राष्ट्रिय खेलमा पनि बिक्री गरिने छैन । साथै, स्मारक पट्टिका पनि रंगशालाको प्रवेशद्वार नजिकै राखिनेछ । खेलअघि मृतकहरूको नाम प्रदर्शन गरिनेछ र एक मिनेट मौन श्रद्धाञ्जली पनि दिइनेछ ।

अहिलेसम्म को कसले जितेका छन् उपाधि:
आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।

त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् भने रोयल च्यालेन्जर्स बैंगलुरुले गत बर्ष उपाधि जितेको थियो । त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।

Read More

शंकर पोखरेलको चेतावनी- प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ, ओलीलाई रिहा गर

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको प्रति सरकारलाई धेरै महँगो पर्ने चेतावनी दिएका छन् । 

सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

ओली पक्राउ परेपछि एमाले आन्दोलनमा होमिने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम बारे छलफल गर्न केहीबेरमा सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

Read More

दाउन्ने सडक खण्डमा दुर्घटना: ३ जनाको मृत्यु, १९ जना घाईते

बुटवल । नवलपरासीको दाउन्ने क्षेत्रमा काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घ!टनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार दुर्घटनामा कम्तीमा तिन जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ ।

प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका थिए । दुर्घटनामा मृतकको बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Read More

स्वास्थ्य परिक्षणका लागि ओलीलाई अस्पताल लगियो

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको छ ।

यसअघि पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएका ओलीलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको हो ।

स्वास्थ्य परिक्षणपछि उनलाई आज परिसरमै राखिने र आइतबार अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ । 

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

Read More

बालेन सरकारमाथि ज्ञवालीको आरोप: निषेध र प्रतिशोधको राजनीति सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता र प्रतिपक्षबीचको दूरी झन् बढाएको छ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यसलाई प्रतिशोध र द्वन्द्वतर्फ उन्मुख भएको बताएका छन्।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले सरकारको गतिविधिले राजनीतिक सहकार्यभन्दा टकरावको वातावरण सिर्जना गरिरहेको आरोप लगाएका छन्।

उनको भनाइमा, अहिलेको सत्ता सञ्चालन शैलीले निषेध र प्रतिशोधलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि उनले यस्तो बाटोले दीर्घकालीन रूपमा सफलता नपाउने दाबी गर्दै परिस्थिति सरकारको अपेक्षाअनुसार अघि नबढ्ने संकेत दिएका छन्।

उता, पक्राउ परेका पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौंस्थित भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएपछि उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो।

यस घटनापछि नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ। पार्टीभित्र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ भने देशको समग्र राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ।

Read More

ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ गरेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ । उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्। 

प्रहरीले ओलीलाई शनिबार बिहान उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

Read More

जेन-जी आन्दोलनको प्रतिवेदनले तान्यो शीर्ष नेतृत्वलाई कानुनी घेरामा,१० वर्ष जेल हाल्न सिफारिस

काठमाडौं । गौरीबहादुर कार्की संयोजकत्वको जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले १० वर्षसम्मकाे जेल सजायकाे सिफारिस गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई समेत हेलचेक्र्याइँ गरेर किशोरकिशोरीको ज्यान लिएको आरोपमा १० वर्षसम्मको कारबाही सिफारिस गरिएकाे थियाे । तर, वालेन्द्र नेतृत्व सरकारकाे पहिलाे निर्णयकाे आधारमा शनिबार बिहानै ओली र लेखक पक्राउ परेका हुन् ।

प्रतिवेदन केही दिनअघि मिडियाले सार्वजनिक गरेका थिए । भदाै २३ र २४ गते जेन–जी आन्दाेलन दबाउँदा हेलचेक्रयाइँ गरेर किशाेरकिशाेरीकाे ज्यान लिएकाे भन्दै आयाेगले सरकारलाई उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ बमोजिम कारबाही सिफारिस गरेकाे थियाे ।

‘२०८२ भदौ २३ गते बानेश्वर संसदपरिसरबाहिर प्रहरीको गोलीबाट प्रदर्शनकारीहरूको मृत्यु भएको सम्बन्धमा माथि विवेचना गरिसकिएकै छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१)मा कसैले लापरबाहीपूर्ण (Reckless) काम गरी कसैको ज्यान मार्न हुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उपदफा (२) मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा १७७ (ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने), १७८ (ज्यान जान सक्ने काम गर्न नहुने) र १७९ (गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिन नहुने । यी तीन अवस्थामा बाहेक केही माथि उल्लेखित तीन पदाधिकारीहरूका सम्बन्धमा यो दफा १८१ को प्रावधानअनुसार लापरबाही र सोही संहिताको दफा १८२ अनुसार हेलचेक्र्याइँ (Negligence) गरी ज्यान मार्न नहुने प्रावधानअनुसार प्रहरीको गोलीले जेन–जी प्रदर्शनकारीहरूको ज्यान मर्न थालेपछि झण्डै ४ घण्टासम्म गोली नरोकेर हेलचेक्र्याइँ (Negligence) पूर्ण क्रियाकलाप गरेको अवस्था पनि देखिन आयो ।’

यसैले ओली, लेखक र खापुङलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार अनुसन्धान, अभियोजनको सिफारिस गरेर पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘अतः कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुवेर खापुङसहित उहाँहरू तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरियो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तत्कालीन राजनीतिक, सुरक्षाको नेतृत्वमा बस्नेले लापरबाही र हेलचेक्र्याइँ गरेको दाबी प्रतिवेदनमा गरिएको छ ।

‘परिणामतः त्यसै दिन १७ जना र त्यही स्थानमा गोली लागेका १२ जनाको पछि मृत्यु हुन गयो । २३ भदौकै जरियाले २४ गतेको घटना घट्न गयो । यो घटनामा जम्मा ७६ जनाको मृत्यु हुन गयो । देश जल्नु, लुटपाट हुनु र मृत्यु हुन जानुको कारण नै सरकारले २३ भदौको घटनामा गोली हान्न नरोक्नु र २४ गतेका लागि पनि सुरक्षाका कदम नचाल्नुबाट नै सबै घटना सिलसिलेवार रूपमा घटन गएको देखिन आयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘२३ भदौको गोली प्रहारबाट केहीको मृत्यु भइसकेपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्रीलगायत कुनै पनि पदाधिकारीहरू अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारणले नै अत्यधिक मानवीय क्षति हुन गयो ।’

Read More