२०८३ बैशाख २६

बलिवुड फिल्म धुरन्धर-२ ले ६ दिनमा कति कमायो ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । 

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ६ दिनमा ५५५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको छैटौं दिन मंगलबार भारतभर ५२ करोड कमाई गरेसँगै ६ दिनमा ५५५ करोड कमाएको हो । फिल्मले पेड रिभ्यु र रिलिजको पहिलो दिन १४० करोड, दोस्रो दिन ८१ करोड, तेस्रो दिन १०९ करोड, चौथो दिन ११३ करोड, पाँचौ दिन ६० करोड भारु कमाएको थियो ।

योसँगै बलिवुडमा धुरन्धर-२ ले सबैभन्दा छिटो ३ सय करोड, ४ सय करोड र ५ सय करोडको नयाँ किर्तिमान बनाएको छ । 

धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।

धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

Read More

चुनावमा हासिल गरेको जितप्रति रास्वपालाई अमेरिकाको बधाई

काठमाडौँ । अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई मंगलबार फोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका हुन् । 

फोन कुराकानीमा अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको बताएको दुताबासले जानकारी दिएको छ ।

Read More

इरानसँगको युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटमा असफल

काठमाडौँ । अमेरिकाको माथिल्लो सदन सिनेटमा इरानसँगको युद्ध रोक्न ल्याइएको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ४७ र विपक्षमा ५३ मत परेको छ ।

यो प्रस्ताव डेमोक्रेटिक पार्टीका तर्फबाट ल्याइएको थियो । उनीहरूले युद्ध सुरु गर्ने अधिकार संसदसँग हुने भएकाले सरकार प्रमुख डोनाल्ड ट्रम्पले पूर्ण स्वीकृतिबिना यस्तो निर्णय लिन नपाउने बताएका थिए ।

डेमोक्रेटिक पार्टीले यसअघि पनि यस्तै प्रस्ताव तीनपटक ल्याइसकेको छ । सरकारमाथि दबाब सिर्जना गर्न निरन्तर प्रस्ताव ल्याइरहेको उनीहरूको भनाइ छ ।

पार्टीका सांसद क्रिस मर्फीले सरकारले युद्ध किन आवश्यक छ भन्ने स्पष्ट पार्न नसकेको आरोप लगाएका छन् ।

डेमोक्रेटिक पार्टीले यो विषयलाई यत्तिमै नछाड्ने र सरकार स्पष्ट नभएसम्म हरेक हप्ता मतदान गराउने चेतावनी दिएको छ

Read More

आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ ।

क्यानले क्लोज क्याम्पका लागि २९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । क्यानले बोलाएका खेलाडीमा इन्दु बर्मा, पुजा महतो, रुबिना क्षेत्री,  सीता राना मगर, बिन्दु रावल, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाखरिन, साना प्रवीण, खुशी डंगोल, सम्झना खड्का, सुधा धामी, रुवि पोद्दार, किरण कुँवर, कविता जोशी, लक्ष्मी साउद, कविता कुँवर, रिया शर्मा, रोमा थापा,  सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरी, अलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अञ्जी पाठक र रमा बुढाथोकी रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १२ देखि मे २ सम्म हुदै छ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

Read More

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति पौडेलबाट लिए शपथ

काठमाडौँ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शपथ लिएक छन् । 

राष्ट्रपति रामचन्द पौडेलले शितल निवासमा जेष्ठ सदस्य केसीलाई सांसदको शपथ गराएका हुन् ।  सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएसँगै अब उनले विहिबार अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिएको छ । 

विहिबार सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ ।

Read More

वाम एकताको हल्ला बारे गोकुल बास्कोटाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले फेरि वाम एकताको रोग चल्न शुरु भएको बन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अहिले वाम एकताको कुरा उठ्नु उचित नभएको बताउदै आन्दोलनको पुनजागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु सहि हुने टिप्पणी गरेका छन् ।

बास्कोटाले केवल कागजी वा सतही एकताले जनता र समर्थकको विश्वास जित्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- ‘फेरि वाम एकताको राग चल्न लागेछ । यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छले मसीको प्रमाण खोज्न हिडे झै फोहर गरेपछि दैलो देखे जस्तै हो । आन्दोलनको पुनजागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु वेस । मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन ।’

Read More

कम्बोडियामा अलपत्र परेका ५१ जना नेपालीको उद्दार

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका ५१ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो ।

नेपाली राजदूतावास बैंकक को पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्दार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई चैत्र १० गते कम्बोडियाबाट उडाएर चैत्र ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

राजदूतावासका अनुसार कम्बोडियामा अझै पनि केही नेपाली अलपत्र अवस्थामा रहेका छन् । उनीहरूलाई पनि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ ।

कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र धेरैजना बिना भिसा वा भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।

त्यहाँ काम गर्ने क्रममा धेरै नेपालीको राहदानी कम्पनीले जफत गरेको वा हराएको गुनासो आएको छ । यस्तो अवस्थामा नेपाल फर्कनका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ ।

पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२१ मा १०१ जना पुगेका नेपाली सन् २०२५ सम्म आइपुग्दा ९ हजार ६७६ पुगेका छन् ।

राजदूतावासले वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान र छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ । साथै, यसबारे जनचेतना फैलाउन सञ्चार माध्यम र नागरिक समाजलाई समेत सहयोग गर्न अपिल गरिएको छ ।

Read More

इयु टी-२० बेल्जियममा ८ नेपाली खेलाडी खेल्ने

काठमाडौँ । बेल्जियममा हुने इयु टी-२० बेल्जियममा ८ नेपाली खेलाडी खेल्ने भएका छन् ।

आगामी जुन ६ देखि १४ सम्म हुने इयु टी-२० बेल्जियममा ६ फ्रेन्चाइजी सहभागी हुदैछन् । जसमा एकसेल युनाइटेड ब्रसेल्स, एन्टवर्प एङ्कर्स, गेन्ट ग्लेडिएटर्स, जेबी ब्रुगेस, लुभेन र लिज रेड लायन्स रहेका छन् ।

जेबी ब्रुगेसले मात्र नेपाली पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा अनिल शाह, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, इशान पाण्डे र ललित राजबंशी रहेका छन् ।

त्यसैगरी लिज रेड लायन्सले सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ भने गेन्ट ग्लेडिएटर्सले रोहित पौडेललाई अनुबन्ध गरेको छ । त्यस्तै एन्टवर्प एङ्कर्सले आसिफ सेखलाई अनुबन्ध गरेको छ ।

बेल्जियम क्रिकेट एसोसियसनको आयोजनामा पहिलो पटक इयु टी-२० बेल्जियम हुन लागेको हो । 

Read More

१ करोड ८४ लाख दर्शकले हेरे बिटिएसको पुनरागमन कन्सर्ट

काठमाडौँ । दक्षिण कोरियाली चर्चित सङ्गीत समूह बिटिएसको पुनरागमन कन्सर्टले विश्वभर ठूलो चर्चा पाएको छ । नेटफ्लिक्समार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कन्सर्ट १ करोड ८४ लाख दर्शकले हेरेका छन् ।

शनिबार भएको एक घण्टाको कार्यक्रममा समूहका सबै सात सदस्यहरु जिन, सुगा, जे-होप, आरएम, जिमिन, भी र जङकुक एकैपटक मञ्चमा देखिएका थिए । सन् २०२२ अक्टोबरपछि पहिलोपटक उनीहरू सँगै प्रस्तुत भएका हुन् ।

कन्सर्ट दक्षिण कोरियाको सोलस्थित ग्वाङ्ह्वामुन स्क्वायरमा आयोजना गरिएको थियो, जहाँ करिब १ लाख ४ हजार दर्शक सहभागी भएका थिए । यद्यपि सुरक्षाका कारण मुख्य स्थलभित्र झण्डै २२ हजार दर्शकलाई मात्र प्रवेश दिइएको थियो । अन्यले वरपर राखिएका ठूला पर्दामार्फत कार्यक्रम हेरेका थिए ।

यो कार्यक्रम विश्वका १९० भन्दा बढी देशमा एकैसाथ प्रसारण गरिएको थियो । कन्सर्टपछि नेटफ्लिक्सको लोकप्रिय सूचीमा २४ देशमा शीर्ष स्थानमा पुगेको जनाइएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि करिब ७ हजार प्रहरी परिचालन गरिएको थियो । भीड नियन्त्रणका लागि विशेष सुरक्षा प्रवन्ध गरिएको थियो ।

कन्सर्टसँगै समूहले विश्व भ्रमण पनि सुरु गरेको छ, जसमा ८२ वटा कार्यक्रम तय गरिएको छ । साथै ‘अरिराङ’ नामक नयाँ एल्बम पनि सार्वजनिक गर्ने तयारी छ ।

कन्सर्टपछि हाइबको सेयरमा भने गिरावट आएको छ । सोमबार कम्पनीको सेयर मूल्य करिब १५.५ प्रतिशतले घटेको छ । विश्लेषकका अनुसार पुनरागमनपछि कन्सर्ट, एल्बम बिक्री, सामग्री व्यापार र प्रसारणबाट समूहले १ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरिएको छ । बिटिएस हाइबको एक सिस्टर कम्पनिको रुपमा काम गर्दछ र हाइबको मुख्य आम्दानीको स्रोत बिटिएसलाई मानिन्छ र उनीहरूको विश्राम अवधिमा कम्पनीको नाफा घटेको थियो ।

Read More

सुन एकैदिन तोलाको १४ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५  रुपैयाँले बढेर ४९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।    

Read More