२०८३ बैशाख २६

उत्तर कोरियाले परमाणु हतियार राख्ने निर्णय सहि भएको पुष्टि भयो- किम

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् ।

उतर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले आफ्नो देशले परमाणु हतियार राख्ने निर्णय सही रहेको पुष्टि गरेको बताएका हुन् ।

संसदमा दिएको सम्बोधनमा किमले वर्तमान विश्व परिस्थितिमा बलियो सैन्य शक्ति नै सुरक्षाको आधार भएको उल्लेख गरे । उनले उत्तर कोरियाको परमाणु शक्ति अझ मजबुत बनाइने र अमेरिकालाई रोक्ने दिशामा अघि बढ्ने बताए ।

किमले सन् २०१९ मा अमेरिकासँग भएको वार्ता विफल भएपछि परमाणु कार्यक्रम विस्तार गर्ने निर्णय आफ्नो सबैभन्दा सही कदम रहेको पनि दाबी गरेका छन् । उनले आफ्नो देश कुनै पनि परिस्थितिका लागि तयार रहेको उल्लेख गरे ।

त्यस्तै, दक्षिण कोरियालाई प्रमुख शत्रुका रूपमा लिने नीति दोहोर्‍याउँदै कुनै पनि आक्रमणको प्रयास भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

किमले आत्मनिर्भर अर्थतन्त्र निर्माणसँगै थप परमाणु हतियार र क्षेप्यास्त्र विकासमा जोड दिने बताएका छन् । उनका अनुसार परमाणु शक्तिका कारण देश सुरक्षित भएको र आर्थिक विकासमा ध्यान दिन सकिएको छ ।

अमेरिका र उसका सहयोगी देशहरूले वर्षौँदेखि उत्तर कोरियालाई परमाणु कार्यक्रम त्याग्न दबाब दिँदै आए पनि हालसम्म त्यसमा सफलता मिलेको छैन ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच सन् २०१८ मा वार्ता सुरु भई २०१९ मा असफल भएपछि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति थप विस्तार गर्ने रणनीति अपनाएको थियो । अहिले उत्तर कोरियासँग लामो दूरीका क्षेप्यास्त्रसमेत रहेको अनुमान गरिएको छ, जसले टाढाका लक्ष्यसम्म प्रहार गर्न सक्ने क्षमता राख्छ ।

Read More

हतारमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन् ।

केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि बैठकमा सहभागी हुदै सभापति थापाले आफुले आफ्नो कर्तव्य ठानेर कुनै दबाब बिना राजीनाम दिएको तर केन्द्रीय समितिले अस्वीकृत गरेपछि अब यो विषय सकिएको बताएका हुन् ।

उनले आफुले हतारमा राजीनामा नदिएको बताउदै भने- ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं ।’

उनले चुनावपछि काँग्रेसको नयाँ जिम्मेवारी आएको बताउदै आफुहरुले मतदाताले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताएका छन् । उनले सरकारमा नभएपनि चुनावका बेला जनतासँग गरेका प्रतिज्ञाहरुमा काम गर्ने बताएका छन् ।

Read More

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ । कपिलवस्तुको महाराजगञ्जमा शनिबार दिउँसोदेखि लगाइएको निषेधाज्ञा आजबाट हटाइएको छ । 

शनिबार, आइतबार र सोमबार तीन दिन लगाइएको निषेधाज्ञा आज विहान ९ बजेबाट हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । निषेधाज्ञा हटेसँगै जिल्ला सदरमुकाम तौलिहवामा जनजीवन सामान्य बनेको छ । २ दिनसम्म बन्द भएका तौलिहवा क्षेत्रका वित्तीय संस्था र विद्यालयहरु आजबाट सुचारु भएका छन् । 

महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो  ।

Read More

पुलिस क्लबले एपीएफलाई दियो ३५६ रनको विशाल लक्ष्य

काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाली पुलिस क्लबले एपीएफ क्लबलाई ३५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो ।

पुलिस क्लबका लागि शंकर रानाले सर्बाधिक ६१ रन बनाएका थिए भने दिनेश खरेलले ६०, दिलसाद अलीले ५१, आरिफ सेखले ५०, रशिद खानले ४४, अमित श्रेष्ठले ३९ रन बनाएका थिए ।

त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अमर राउतेलाले २-२ विकेट लिएका थिए ।

त्यस्तै जारी अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बागमतीले इशान पाण्डेको ७१, आशुतोष घिराइयाको ५९ र शुभ कंसाकारको ४४ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनएको थियो ।

Read More

इजरायलमा विभिन्न क्षेत्रमा इरानको भिषण आक्रमण

काठमाडौँ । इजरायलमा विभिन्न क्षेत्रमा भएका आक्रमणपछि थप क्षतिको विवरण सार्वजनिक भएको छ ।

इजरायली रक्षा बलका अनुसार देशको मध्य भागमा आक्रमण भएको सूचनापछि उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा पठाइएको छ । साथै नागरिकलाई ती स्थानमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा भवनहरूमा क्षति पुगेको र भग्नावशेषबाट धुवाँ निस्किरहेको देखिएको छ । यसअघि दक्षिणी क्षेत्रका विभिन्न स्थानमा पनि आक्रमण भएको जानकारी दिइएको थियो । सोमबार रातिदेखि इरानतर्फबाट प्रहार गरिएका क्षेप्यास्त्रबारे लगातार चेतावनी जारी गरिएको थियो। उत्तरी क्षेत्रमा पनि केही स्थानमा क्षेप्यास्त्र खसेको विवरण आएको छ ।

हाइफा नजिकको नेशर क्षेत्रमा राति एक भवनमा क्षेप्यास्त्र खसेको पुष्टि भएको छ । इजरायलको सुरक्षा निकायले नागरिकलाई जारी निर्देशन पालना गर्न र सतर्क रहन पुनः आग्रह गरेको छ ।

Read More

ट्रम्पको वार्ता बारेको दाबि इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य पुनः बढ्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि सोमबार केही समय तेलको मूल्य घटेको थियो । तर त्यसपछि इरानले ट्रम्पको दाबिलाई अस्वीकार गर्नासाथ बजारमा पुनः उतारचढाव देखिँदै मूल्य बढ्न थालेको हो ।

सोमबार कारोबारका क्रममा ब्रेन्ट कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेर करिब ९१ डलरसम्म झरेको थियो । तर मंगलबार बिहानसम्म पुनः बढ्दै करिब ९९.९९ डलर प्रति ब्यारेलसम्म पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि बढेर करिब ९१ डलर आसपास पुगेको छ ।

विशेषज्ञका अनुसार पश्चिम एसियाको अवस्थाबारे लगानीकर्ताको चासो बढ्दै जाँदा तेलको मूल्यमा पुनः उछाल आएको हो । ट्रम्पले इरानलाई शान्तिका लागि ‘अन्तिम मौका’ रहेको संकेत दिएपछि बजारमा अनिश्चितता बढेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने घटेको छ । अमेरिकी डलरको माग बढेपछि सुनको मूल्यमा दबाब परेको बताइएको छ ।

अमेरिकी शेयर बजारमा भने सकारात्मक संकेत देखिएको छ । अमेरिका-इरान तनाव चाँडै समाधान हुन सक्ने अपेक्षाले लगानीकर्ताको मनोबल बढ्दा प्रमुख सूचकहरू उकालो लागेका छन् ।

Read More

सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Read More

कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

काठमाडौँ । कोलम्बियामा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटना हुदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् । विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।

विमान पुटुमायो प्रान्तको प्योर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

यो घटना कोलम्बियाली वायुसेनाको हालैको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरू मध्ये एक हो । स्थानीय समाचार मिडियाले स्थानीयहरूले घाइते सैनिकहरूलाई दुर्घटनास्थलबाट साना मोटरसाइकलमा अस्पताल लैजाँदै गरेको पनि देखाएको छ ।

सेनाले आफ्नो पोस्टमा धेरै तस्बिरहरू साझा गरेको छ र घाइतेहरूलाई विशेष उपचारको लागि लगिएको बताएको छ । 

दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ।

Read More

जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय

काठमाडौँ । विश्वव्यापी तनावका बीच जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

जापानकी प्रधानमन्त्री साने ताकाइचीले यस महिनाको अन्त्यदेखि राष्ट्रिय तेल भण्डार प्रयोगमा ल्याइने घोषणा गरेकी छन् । उनका अनुसार मार्च २६ देखि भण्डारण गरिएको तेल बजारमा पठाइनेछ, जसले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुन नदिने लक्ष्य राखिएको छ ।

उनले बढ्दो अन्तर्राष्ट्रिय तनावका बीच देशभित्र ऊर्जा आपूर्ति स्थिर राख्न यस्तो कदम चालिएको स्पष्ट पारेकी छन् ।

यसैबीच दक्षिण कोरियाका विदेशमन्त्री चो ह्यूनले इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्दै जारी द्वन्द्व र यसको विश्व अर्थतन्त्रमा पर्ने असरबारे चिन्ता व्यक्त गरेका छन् । 

उनले होर्मुज जलडमरुमा देखिएको तनाव कम गर्न आवश्यक कदम चाल्न इरानलाई आग्रह गर्दै त्यहाँ अड्किएका जहाज र चालक दलको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन्।

Read More

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनाको सकुशल उद्धार

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका चार जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका ४ जनालाई निकुञ्ज सुरक्षार्थ तैनाथ चन्दननाथ गणको टोलीले गए राति ९ बजे सकुशल फेला पारी नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।

Read More