२०८३ जेष्ठ १

स्वास्थ्य परिक्षणपछि ओली अस्पताल भर्ना

काठमाडौं । पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ ।

कार्की आयोगको सिफारिस अनुसार शनिबार बिहान पक्राउ परेका ओलीलाई भक्तपुरको गुण्डुबाट जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याएपछि स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको थियो ।

Read More

उपत्यकाका प्रहरी कार्यालयको अनुगमनमा गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।

शनिबार बिहान मन्त्री गुरुङले काठमाडौँ र ललितपुरका विभिन्न स्थानका प्रहरी कार्यालयको अनुगमन गरेका हुन् । यसैक्रममा मन्त्री गुरुङ शनिबार बिहानै रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेर अनुगमन गरेका थिए ।

Read More

सडकमा उत्रियो एमाले, काठमाडौँमा प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेता तथा कार्यकर्ता सडकमा उत्रिन शुरु गरेका छन् ।

काठमाडौँका विभिन्न क्षेत्रमा एमालेका नेता कार्यकर्ताले झन्डासहित उपस्थित भएर विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । काठमाडौँको चाबहिल चोकमा एमाले कार्यकर्ताले नाराबाजी र प्रदर्शन गर्दै ओलीको रिहाइको माग गरेका छन् ।

यसैबीच ओली पक्राउ परेपछि रणनीति तय गर्न एमालेको केन्द्रीय सचिवालयको बैठक आकस्मिक रुपमा च्यासलमा जारी रहेको छ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ ।

Read More

महाराजगञ्जमा ओलीको परीक्षण हुँदै, चिकित्सक भन्छन : रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ

काठमाडौँ । पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि आवश्यक स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो।

अस्पताल स्रोतका अनुसार हाल ओलीको आकस्मिक कक्षमा परीक्षण भइरहेको छ। रगत परीक्षण, एक्सरे लगायतका प्रारम्भिक जाँचहरू भइरहेको र सबै रिपोर्ट आएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सकिने बताइएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले परीक्षण प्रक्रिया चलिरहेकाले अहिले नै थप निर्णय लिन नसकिने उल्लेख गरेका छन्। उनका अनुसार रिपोर्ट प्राप्त भएपछि मात्रै चिकित्सकहरूले आवश्यक कदमबारे सिफारिस गर्नेछन्।

ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डु क्षेत्रबाट पक्राउ गरिएको थियो। त्यसपछि केही समयका लागि उनलाई काठमाडौंस्थित जिल्ला प्रहरी परिसरमा राखेर स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यस घटनाले राजनीतिक र सार्वजनिक चासो बढाएको छ भने ओलीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन सबैको ध्यान केन्द्रित भएको छ।

Read More

एमालेको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक रुपमा एमालेको सचिवालय बैठक बसेको हो । 

बैठकले ओली पक्राउको विरोधमा प्रदर्शनका कार्यक्रम सार्बजनिक गर्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

Read More

ओली पक्राउपछि काठमाडौं तात्यो, एमालेको सडक आन्दोलन सुरु, सरकारविरुद्ध आक्रोश

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि राजनीतिक वातावरण एकाएक तातेको छ। उनको पक्राउलगत्तै एमाले समर्थकहरू सडकमा उत्रिएका छन्।

ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। त्यहीबीच उनका समर्थकहरू चाबहिल क्षेत्रमा भेला भई सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेका हुन्।

प्रदर्शनकारीहरूले चर्को नाराबाजी गर्दै सरकारको कदमको विरोध जनाइरहेका छन्। उनीहरूले पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित निर्णय भन्दै आलोचना गरेका छन्।

यसअघि नै एमालेका नेताहरूले ओली पक्राउ परे सडक आन्दोलनमा उत्रने संकेत दिएका थिए। सोहीअनुसार अहिले राजधानीका विभिन्न स्थानमा विरोधका कार्यक्रम सुरु हुन थालेका छन्।

उता, पार्टीले आगामी रणनीति तय गर्न सचिवालय बैठक बोलाएको छ। पछिल्लो घटनाक्रमले देशको राजनीतिक माहोल थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

Read More

कानुनी लडाइँ सुरु गर्ने तयारीमा एमाले, आन्दोलनको संकेत

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सरकारको कदमलाई कानुनी दृष्टिले अस्वीकार्य ठहर गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले उक्त कारबाही नेपालको कानुनी सिद्धान्त र अपराधशास्त्रीय मान्यतासँग नमिल्ने बताएका हुन्। उनका अनुसार सरकारले आधार बनाएको छानबिन प्रतिवेदन नै कमजोर रहेको दाबी गर्दै त्यसकै भरमा कारबाही अघि बढाउनु गलत कदम हो।

खरेलले पक्राउ गर्ने तरिकामाथि पनि प्रश्न उठाएका छन्। उनले यसलाई प्रतिशोध प्रेरित, एकपक्षीय र विधिसम्मत प्रक्रिया नअपनाई गरिएको कार्यको रूपमा व्याख्या गरेका छन्। यस्तो शैली लोकतान्त्रिक अभ्यासविपरीत रहेको उनको भनाइ छ।

उनका अनुसार, अध्यक्ष ओलीले यस कदमविरुद्ध कानुनी रूपमा प्रतिरक्षा गर्ने तयारी गरिसकेका छन्। पार्टीभित्र यस विषयमा गम्भीर छलफल भइरहेको र छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिए।

सरकारको कदमविरुद्ध एमालेले कस्तो रणनीति अपनाउँछ भन्ने विषयमा खरेलले खुला संकेत दिएका छन्। उनले आवश्यकता अनुसार अदालत र सडक दुवै माध्यमबाट प्रतिकार गर्ने बताएका छन्। यद्यपि तत्कालका लागि कानुनी प्रक्रियामार्फत अघि बढ्ने पार्टीको प्राथमिकता रहेको उनको भनाइ छ।

यस प्रकरणले सत्ता र प्रतिपक्षबीचको तनाव झन् चर्किने संकेत देखिएको छ भने आगामी दिनमा राजनीतिक वातावरण अझ तातिने सम्भावना बढेको छ।

Read More

धुरन्धरकै शैलीमा राजामौलीको ‘वाराणसी’ पनि दुई भागमा रिलिज हुने

काठमाडौँ । बलिवुडमा धुरन्धरले नयाँ ट्रेन्ड सेट गरेको छ । यसअघि ३ घण्टाभन्दा लामो फिल्म हलमा चलाउन गाह्रो हुने मान्यतालाई धुरन्धरले ब्रेक गरेपछि अब अन्य निर्माता-निर्देशकहरु पनि ठुलो बजेटका फिल्मलाई दुई भागमा रिलिज गर्ने तयारीमा जुटेका छन् ।

यसैक्रममा प्रसिद्ध निर्देशक एस एस राजामौलीको नयाँ फिल्म ‘वाराणसी’ लाई दुई भागमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो फिल्म हालसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने अनुमान गरिएको छ । यस फिल्मको बजेट १२ सयदेखि १४ सय करोड भारु रहेको बताइएको छ । 

तीन घण्टाभन्दा बढी समय भए पनि कथा पूरा गर्न पर्याप्त नहुने भएकाले चलचित्रलाई दुई भागमा विभाजन गर्ने निर्णय गरिएको रिपोर्टमा उल्लेख छ । ‘धुरन्धर’ मा अपनाइएको यो ढाँचाले राम्रो सफलता पाएकाले राजामौली र उनको टोलीले पनि त्यही शैली रोजेको बताइएको छ । यद्यपि यो सिक्वेल नभई एउटै कथा दुई भागमा प्रस्तुत गरिने स्पष्ट गरिएको छ ।

फिल्ममा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन् । ठूलो बजेटमा निर्माण भइरहेको यो चलचित्रको छायांकन भने वाराणसीमा नभई हैदराबादमा गरिएको छ ।

निर्माताहरूले हैदराबादमै वाराणसीको विशाल सेट निर्माण गरेका छन्, जसमा रत्नेश्वर महादेव मन्दिरको प्रतिकृति समेत तयार पारिएको छ । विगत र वर्तमान समयका दृश्य देखाउनका लागि ठूलो मन्दिर सेट बनाइएकामा केही भागलाई पानीमा डुबाएर दृश्यांकन गरिने जनाइएको छ ।

यो सेट अस्थायी भएकाले छायांकन सकिएपछि हटाइनेछ । भाडामा लिएको जमिनमा निर्माण गरिएको भएकाले स्थायी रूपमा राखिने छैन ।

चलचित्रको कथा विभिन्न समयरेखामा आधारित हुने बताइएको छ, जसमा प्राचीन र आधुनिक दुवै पक्ष समेटिनेछ । अभिनेत्री प्रियंका चोपडाका अनुसार चलचित्रमा ईसा पूर्व ७२०० देखि सन् २०२७ सम्मको समयावधि समेटिनेछ, जसले कथालाई अझ रोचक बनाउनेछ ।

‘वाराणसी’ चलचित्र सन् २०२५ मा हैदराबादमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । केही दृश्य विदेशमा समेत छायांकन गरिएको छ ।

यो चलचित्र सन् २०२७ अप्रिल ५ मा प्रदर्शन गर्ने तालिका रहेको छ ।

Read More

एकाबिहानैदेखि गृहमन्त्री गुरुङको दौडधुप, उपत्यकामा आकस्मिक अनुगमन

काठमाडौँ । काठमाडौं उपत्यकामा शनिबार बिहानै गृहमन्त्री सुधन गुरुङ असामान्य रूपमा सक्रिय देखिएका छन्। उनी आफैं सवारी साधन चलाउँदै विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको अवस्था बुझ्न अनुगमनमा निस्किएका हुन्।

बिहानको सुरुवातसँगै गुरुङ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए। त्यहाँ उनले ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको बुझिएको छ। त्यसपछि उनको यात्रा ललितपुरतर्फ मोडिएको थियो।

ललितपुरमा उनले पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्रको निरीक्षण गरे भने जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर पुगेर सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका थिए। यस क्रममा सम्बन्धित अधिकारीहरूसँग उनले छोटो छलफल पनि गरेको स्रोतले जनाएको छ।

जावलाखेलबाट सातदोबाटोतर्फ अघि बढ्दै गर्दा मन्त्री गुरुङले आफ्नो भ्रमणलाई नियमित अनुगमनको हिस्सा मात्र भएको बताएका छन्। यद्यपि उनको यस्तो आकस्मिक सक्रियताले सुरक्षा निकाय र प्रशासनिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ।

Read More

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् ।

उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- ‘बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ  होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली  राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।’

Read More