२०८३ बैशाख १६

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी ‍प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा , बागमती र  गण्डकी प्रदेशको  हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यसैगरी देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ । 

Read More

२०८३ बैशाख ११ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ११ गते शुक्रबार ईस २०२६ अप्रल २४ नेपाल सम्बत ११४६ वछलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष अष्टमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शूल योग, विष्टी करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज लोकतन्त्र दिवस परेको छ भने आजदेखि विश्व खोप सप्ताह शुरु हुदैछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ, घरबाट पनि धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ ।

Read More

बालेन सरकारप्रति आक्रोशित सुकुम्बासी : हाम्रै भोटले जितेर अहिले हामि माथि नै डोजर लगाउन खोज्ने ?

तस्विर AI

काठमाडौँ । बस्ती हटाउने सरकारी तयारीको चर्चा चुलिँदै जाँदा सुकुम्बासी समुदायमा तीव्र आक्रोश देखिएको छ।

आफूहरूले विश्वास गरेर भोट दिएको नेतृत्वबाटै विस्थापनको सामना गर्नुपरेको भन्दै सुकुम्बासीहरूले प्रश्न उठाएका छन्: “हामीले जिताएका, आज हामीलाई नै किन लखेट्ने?”

पछिल्ला दिनमा बस्ती खाली गराउने सम्भावित कदमबारे विभिन्न समाचार सार्वजनिक भएपछि सुकुम्बासी बस्तीहरूमा असन्तुष्टि बढ्दै गएको छ। उनीहरूले विकल्प बिना जबरजस्ती हटाउने कुनै पनि प्रयास आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

सुकुम्बासीहरूको भनाइमा, राज्यले दीर्घकालीन समाधान दिनुपर्नेमा उल्टै बल प्रयोगको संकेत देखाउनु गैरजिम्मेवार कदम हो। “हामी अवैध होइनौँ, बाध्यताले यहाँ बस्नुपरेको हो,” एक स्थानीय बासिन्दाले भने, “बसोबासको अधिकार सुनिश्चित नगरी हटाउनु अन्याय हो।”

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले पनि सुकुम्बासीहरूको पक्षमा उभिँदै सरकारलाई चेतावनी दिएको छ। मोर्चाका नेताहरूले संवाद र व्यवस्थापनको विकल्प खोज्नुको सट्टा बल प्रयोगको बाटो रोजिए आन्दोलनमा उत्रिने बताएका छन्।

सामाजिक सञ्जालमा समेत यस विषयले व्यापक बहस सिर्जना गरेको छ। धेरैले सुकुम्बासीहरूको व्यवस्थापनलाई मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

सुकुम्बासीहरू भने अहिले एउटै मागमा एकजुट देखिन्छन्: “हटाउने हो भने पहिले बस्ने ठाउँ देऊ, होइन भने हामी कतै जाँदैनौँ।”

Read More

बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे कडा प्रतिवाद गर्छौँ : सुकुमवासी मोर्चा

काठमाडौँ । सरकारले बल प्रयोग गर्दै सुकुमवासी बस्ती हटाउने प्रयास गरे त्यसको सशक्त प्रतिवाद गर्ने संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले चेतावनी दिएको छ।

प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी बस्ती खाली गराउने निर्देशन दिएको समाचार सार्वजनिक भएपछि मोर्चाले आफ्नो धारणा सार्वजनिक गरेको हो।

बिहीबार दिउँसो शंखमुलस्थित कार्यालयमा बसेको मोर्चाको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको बताइएको छ। पछिल्ला दिनमा सामाजिक सञ्जालमा बस्ती व्यवस्थापनबारे चर्को बहस भइरहेका बेला मोर्चाले सरकारी कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने तयारीबारे समाचार सार्वजनिक भएपछि तत्काल बैठक बोलाइएको हो। बैठकमा सहभागीहरूले बल प्रयोगको बाटो रोजिए त्यसको विरोधमा उत्रिने साझा धारणा बनाएका छन्।

सरकारको निर्णय र मोर्चाको चेतावनीसँगै सुकुमवासी बस्ती व्यवस्थापनको विषय पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ।

Read More

can

नेपाल रेड र नेपाल ब्ल्यूको एकदिवसीय सिरिजको टिम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल रेड र नेपाल ब्ल्यु टिम बनाएर एक दिवसीय सिरिज खेलाउने भएको छ ।

क्यानल अप्रिल २६, २८ र ३० मा माथिल्लो मुलपानी मैदानमा सञ्चालन हुने नेपाल रेड र नेपाल ब्ल्यू टिमको घोषणा गरेको छ ।

जस अनुसार नेपाल रेडमा अनिल कुमार साह (कप्तान), तृत राज दास, दीपक प्रसाद डुम्रे, विवेक राना मगर, ईशान पाण्डे, सुभ कंसकार, कुशल मल्ल, रसिद खान, शङ्कर राना, हेमन्त धामी, विशाल पटेल, प्रतिष जीसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अभिशेष गौतम रहेका छन् ।

त्यस्तै नेपाल ब्ल्यू टिममा देब खनाल (कप्तान), मयन यादव, अर्जुन घर्ती मगर, अर्जुन साउद, अरनिको यादव, सन्दीप जोरा, पवन सराफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, साहब आलम, विपिन खत्री, प्रकाश जैसी र  दीपेश कँडेल रहेका छन् ।

Read More

खानेपानी तथा सरसफाई डिभिजन बाराका तत्कालिन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसाको बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ । अनुसन्धानका क्रममा यादवले पदमा रहँदा अनियमितता गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भेटिएको आयोगको दाबी छ ।

आयोगका अनुसार २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई जाँच अवधि मानिएको थियो । सो अवधिमा यादव र उनको परिवारको वैधानिक आम्दानी ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ रहेको देखिएको छ ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर लगानी, अध्ययन खर्च, ऋण भुक्तानी लगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको पाइएको छ । यसअनुसार कुल आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी खर्च भएको र त्यसको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित यादव र उनकी श्रीमती निर्मला कुमारीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Read More

शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।

शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ ।

Read More

इरानका निर्वासित राजकुमार रेजा पहलवीलाई बर्लिनमा टमाटर प्रहार

काठमाडौँ । इरानका निर्वासित राजकुमार रेजा पहलवीमाथि टमाटर प्रहार गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार जर्मनीको बर्लिनमा एक प्रेस सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि टमाटर हानिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पहलवीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीच भएको युद्धविरामको आलोचना गरेका थिए । उनले उक्त सम्झौता इरानी सरकारको व्यवहार परिवर्तन हुने अनुमानमा आधारित रहेको तर त्यसको सम्भावना कम देखिएको बताएका छन् ।

उनले कूटनीतिलाई अवसर दिन नहुने नभए पनि यसअघि नै धेरै अवसर दिइसकिएको उल्लेख गरेका छन् । पहलवी लामो समयदेखि सत्ता पुनः प्राप्तिको प्रयासमा रहेका छन् र पश्चिम एसियामा अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति समर्थन जनाउँदै आएका छन् ।

Read More

भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने सकिने

काठमाडौँ । भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने सकिने भएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि  प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने चाहने स्थानीय तहलाई सात दिनभित्र आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैंले गर्ने गरी सेवा प्रवाहका लागि इच्छुक रहेको व्यहोरा सहितको पत्र स्क्यान गरी info@molcpa.gov.np वा info@dolma.gov.np वा jaggaprsasan@gmail.com मा पठाउन आग्रह गरेको छ ।

नेपालको संवैधानिक प्रावधान अनुसार हालको भूमिसुधार/मालपोत कार्यालय र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवाहरु स्थानीय तहबाट प्रवाह गर्न चाहने स्थानीय तहले अब सो सेवा दिन सक्ने भएका छन् ।

Read More

परराष्ट्रमन्त्री खनालसँग श्रीलंकाकी राजदूत डेल्पिटियाको भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी डेल्पिटियासँग भेटवार्ता गरेकी छन् ।

विहिबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More