२०८३ जेष्ठ २

२०८२ असोज १३ गते सोमबार: आजको राशिफल

आज असोज १३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर २९ नेपाल सम्बत ११४५ कौलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो प’रा  शरिर एैनामा हेरेर हीन्दा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १२ मिनेटदेखि ८ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज बडादशैँको फूलपाती रहेको छ भने आज विश्व मुटु दिवस समेत रहेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध-सम्पर्क बढ्ने तथा सरसहयोग लिन÷दिन सकिने समय हो । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता  घर÷परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्यमा मौसमी प्रभाव पर्ने दिन हो । बेकारको बहस र विवादमा सहभागी बन्ने समय छ, आफन्तले नै तनाव सिर्जना गर्न सक्छन् ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । मानसिक रूपमा कमजोर समय छ, मित्र र सहयोगीहरूले पनि साथ दिन पाउने छैनन् । काम र यात्राबाट थकानको महसुस हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ ।

Read More

सडकका २३४ रुग्ण ठेक्का तोडिंदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ ।

सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गत ३८, काठमाडौं ७५,पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन सङ्लग्न तत्कालीन एवम् हालका जिम्मेवार कर्मचारीलाई छानविन गर्न समिति बनाइने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव तथा सहसचिवहरु, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु, आयोजना प्रमुखलगायतकासँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गर्ने र परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृतिकोसमेत अन्त्य हुने मन्त्री घिसिङले उल्लेख गरे ।

“सडक अन्तर्गतका आयोजनाहरुको ठेक्का लिने तर काम नगर्ने अवस्था देखिएको छ, राज्यले सडक निर्माणका लागि हरेक वर्ष अबौं रकम खर्च गरिरहेको छ तर यसको लाभ नागरिकले प्राप्त गर्न नसकेको अवस्था छ, ठेक्का व्यवस्थापन शून्यजस्तो देखिएको छ, ठेक्कालाई रुग्ण बनाउन सङ्लग्नमाथि कारबाही हुननसक्दा दण्डहीनता बढेको छ, कतिपय निर्णय कर्मचारीकातर्फबाट समयमै नगरिदिंदा ठेक्का रुग्ण बनेका छन्, त्यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।” उनले भने, “रुग्ण ठेक्कामा सङलग्न निर्माण व्यवयासी जोसुकै भए पनि कसैको प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक ढुक्क भएर ठेक्का तोड्नुहोस्, यो कदम सुशान कायम गर्नका लागि महत्वपूर्ण कोशेढुङ्गा हुनेछ,म तपाईंहरुलाई पूर्ण रुपमा संरक्षण गर्नेछु ।”

निर्माण सम्झौता बमोजिम सम्पन्न गर्नुपर्ने समयको विभिन्न कारणबाट म्याद थप भई निर्माण कार्य चालू रहेको तर सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत ५० प्रतशतभन्दा कम प्रगति रहेको २ करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ । त्यस्तै, दुई सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम प्रगति भएको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको, चार सय प्रतिशतभन्दा बढी समय म्याद थप भई सक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको ठेक्कालाई रुग्ण मानिएको छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयहरुले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृति देखिएका सङ्लग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

Read More

देश छोडेर भाग्दैनौं: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर आफूहरु नभाग्ने स्पष्ट गरेका छन् ।

बिहीबार भक्तपुरमा युवा संघ नेपालले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हाहुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने बताएका हुन् ।

ओलीले आफ्नो घरको लोकेसन ट्रयाक गरेर घर घेर्न आउन खोजिएको भन्दै सरकारले दिनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनको दुरुपयोग गरेर संसद भवन र सिंहदरबारमा आगो लगाइएको बताउदै छानीछानी तोडफोड र आगजनीको काम जेनजीले नगरेको बताए ।

साथै सरकार सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको बारेमा उनले भने- ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ? असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’

भदौं २३ गते सरकारले गोली चलाउने आदेश नै नदिएको बताउदै प्रहरीले रबरको गोली मात्र चलाएको जवाफ आफुले पाएको बताए ।

Read More

बुढानीलकण्ठमा जलेको पैसाबारे देउवाले जवाफ दिनु पर्यो या सरकारले छानबिन सुरु गर्नपर्‍यो: विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जलेको भनिएको पैसाबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

आज मकवानपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सभापति देउवाको घरमा पैसा फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताएका हुन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमा आएको प्रचारको पछि लाग्नुभन्दा पनि कि त पैसाबारे बुढानीलकण्ठले जवाफ दिनुपर्ने र होइन भने सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।

‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानिलकण्ठले जवाफ दिनुपर्‍यो। कि त सरकारले अनुसन्धान सुरु गर्नपर्‍यो । अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबिन गर्नपर्‍यो,’– उनले भने ।

अवैध सम्पत्ति छानविनको सुरुवात आफैबाट गर्ने भए पनि आफू तयार रहेको विश्वप्रकाशले बताए । सभापति देउवाको घरमा सुनको पनि चर्चा रहेको बताउँदै उनले चर्चामा आएका सबै कुरा निष्पक्ष छानविन हुनुपर्ने बताए । जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा आगजनी गरेका थिए ।

सो क्रममा देउवा निवासमा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Read More

एसियन कप छनोट खेल्ने नेपाली यू-१७ महिला टिमको घोषणा

काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको यू-१७ महिला टिमको घोषणा गरेको हो । अक्टोबर १३ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ ।

नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक र अनिता राना मगर ।

Read More

शिक्षामन्त्री पुनको चेतावनी: तलब रोक्ने पालिकालाई कारबाही हुन्छ

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन-

मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ।

यस अघि उनले तलब नखुवाउने प्रधानाध्यापकलाई करवाही गर्ने बताएका थिए तर शिक्षकको तलब कसले खुवाउछ भन्ने थाहा नभएको भनेर अलोचना भएपछि पालिकालाई कारवाहीको चेतावनी दिएका हुन 

Read More

एशिया कप फाइनलमा पहिलो पटक भारत पाकिस्तान भिड्दै

काठमाडौँ । भारत र पाकिस्तानबीचको एसिया कप २०२५ को फाइनल खेल आइतबार दुबईमा हुने भएको छ । यो प्रतियोगितामा यी दुई टोली आमनेसामने भएको तेस्रो पटक हुनेछन् । यसअघि भारतले एसिया कपको समूह चरण र सुपर फोर चरणमा आफ्नो कट्टर प्रतिद्वन्द्वीलाई पराजित गरेको थियो र अब यो पाकिस्तानविरुद्ध जितको ह्याट्रिक हासिल गर्ने लक्ष्यमा हुनेछ । भारतको लागि यो सजिलो हुनेछैन, किनकि उपाधि खेलहरूमा पाकिस्तानविरुद्ध टोलीको रेकर्ड राम्रो हुनेछैन ।

एसिया कप फाइनलमा पहिलो पटक आमनेसामने
पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गर्दै एसिया कप २०२५ को फाइनलमा पुगेको थियो । अब, उपाधि खेलमा भारतको सामना गर्नेछ । एसिया कप १९८४ मा सुरु भएको थियो । २०१६ मा, यो प्रतियोगिता पहिलो पटक टी-२० ढाँचामा खेलाइएको थियो । भारतीय टोलीले सबैभन्दा धेरै पटक एसिया कप जितेको छ । भारतले अहिलेसम्म आठ पटक एसिया कप जितेको छ । पाकिस्तानले दुई पटक मात्र उपाधि जितेको छ भने श्रीलंकाले छ पटक उपाधि जितेको छ । रोचक कुरा के छ भने, एसिया कपको ४१ वर्षे इतिहासमा, यसअघि भारत र पाकिस्तानले कहिल्यै फाइनलमा एकअर्कासँग सामना गरेका छैनन् ।

भारतीय टोली प्रतियोगितामा अपराजित
भारतीय टोलीले पछिल्ला दुई खेलमा पाकिस्तानमाथि प्रभुत्व जमाएको हुन सक्छ, तर यसले अत्यधिक आत्मविश्वासबाट जोगिनुपर्छ, जुन घातक साबित हुन सक्छ । पाकिस्तान फाइनलको दावेदार जस्तो लागेन, तर उपाधिका लागि फाइनलमा पुगेको छ । भारत र पाकिस्तान बीचको कुनै पनि प्रतियोगिताको उपाधि खेलको रेकर्डलाई विचार गर्दा, यो खेल भारतको लागि सजिलो हुनेछैन । भारतीय टोली अपराजित रहँदै लगातार पाँच खेल जितेर फाइनलमा पुगेको छ । त्यस्तै पाकिस्तान भने समुह चरणमा र सुपर फोर दुवैमा भारतसँग पराजित भएको थियो भने अब फाइनलमा भारतसँग बदला लिने उपयुक्त समय रहेको छ ।

Read More

भारतका ३८ वित्तीय संस्थाको कारोबार अनलाइन लिक भएको दाबी

काठमाडौँ । भारतका ३८ बैंकका डाटा अनलाइनमा लिक भएको बताइएको छ । रिपोर्टका अनुसार भारतीय बैंकहरूबाट लाखौं बैंक लेनदेन रेकर्डहरू अनलाइन लिक भएका छन् ।

यो डेटा असुरक्षित अमेजन एस३ क्लाउड सर्भरबाट चुहावट भएको दाबी गरिएको छ । चुहावट भएको डेटामा खाता धारकहरूको नाम, बैंक खाता नम्बर, लेनदेन रकम, र सम्पर्क जानकारी जस्ता संवेदनशील जानकारी समावेश रहेको बताइएको छ । यो दाबी साइबर सुरक्षा कम्पनी अपगार्डले गरेको बताइएको छ ।

साइबर सुरक्षा कम्पनी अपगार्डले अगस्टको अन्त्यमा यो डेटा चुहावट पत्ता लगाएको थियो । उनीहरूका अनुसन्धानकर्ताहरूले अमेजन-होस्ट गरिएको भण्डारण सर्भरमा लगभग २ लाख ७३ हजार पिडिएफ फाइलहरू फेला पारे । अनुसन्धानकर्ताहरूका अनुसार, चुहावट भएको डेटामा भारतीय ग्राहकहरूको बैंक स्थानान्तरण रेकर्डहरू समावेश भएको पाइएको थियो । यी मध्ये धेरैजसो फाइलहरू राष्ट्रिय स्वचालित क्लियरिङ हाउसमा लिङ्क गरिएका थिए । क्लियरिङ हाउस बैंकहरूले ठूलो मात्रामा तलब स्थानान्तरण, ऋण भुक्तानी, र बिजुली र पानी बिल जस्ता नियमित भुक्तानीहरूको लागि प्रयोग गर्ने केन्द्रीकृत प्रणाली हो ।

अपगार्डका अनुसार, यो डेटा कम्तिमा ३८ बैंक र वित्तीय संस्थाहरूसँग लिङ्क गरिएको थियो । जसमा भारतीय स्टेट बैंकसहित अन्य वित्तीय संस्थाका डाटा लिक भएको बताइएको छ । यद्यपि, सेप्टेम्बरको सुरुसम्म इन्टरनेटमा डाटा खुलासा भइरह्यो, दैनिक नयाँ फाइलहरू थपिँदै गए । पछि सिइआरटी- इन लाई सूचित गरेर  सर्भरहरू सुरक्षित गरिएको बताइएको छ । यद्यपि, अहिलेसम्म कुनै पनि संस्थाले यो लापरवाहीको जिम्मेवारी स्वीकार नगरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । एनपीसीआई ले आफ्नो प्रणालीहरू सुरक्षित रहेको कुनै पनि डेटा चुहावट नभएको दाबी गरेको छ । त्यस्तै आए फाइनान्स र भारतीय स्टेट बैंकले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन् ।

यस घटनाले भारतमा डेटा सुरक्षा र डिजिटल गोपनीयताको बारेमा फेरि एक पटक गम्भीर प्रश्नहरू उठाएको छ ।

Read More

नेपाल बैंकका कर्मचारी तथा ग्राहकका लागि हुन्डाई मोटर्समा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. बीच विशेष सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले हुन्डाई मोटर्सका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीले दिने नियमित छुट बाहेक थप विशेष छुट पाउने व्यवस्था गरिएको छ ।

गाडी खरिद गर्दा ५० हजारदेखि ८१ हजार रुपैँयासम्म अतिरिक्त छुट उपलब्ध हुनेछ । यस व्यवस्थाले नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूलाई सहज र लाभदायी ढंगले नयाँ गाडी खरिद गर्ने अवसर दिने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र हुन्डाई मोटर्स प्रा. लि. का महाप्रबन्धक श्री दीपक थपलियाले हस्ताक्षर गरेका थिए ।

Read More

टिकटक बारे अमेरिका र चीनबीच कस्तो सम्झौता भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले टिकटकलाई कानूनद्वारा निर्धारित राष्ट्रिय सुरक्षा चिन्ताहरू पूरा गर्ने तरिकाले संयुक्त राज्य अमेरिकामा सञ्चालन गर्न अनुमति दिनेछ ।

गत वर्ष, तत्कालीन राष्ट्रपति जो बाइडेनले चिनियाँ कम्पनी बाइटडान्सलाई अर्को वर्षको सुरुसम्ममा टिकटकको अमेरिकी सम्पत्ति अमेरिकी कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकाभरि एपमा पूर्ण प्रतिबन्धको सामना गर्न आवश्यक पर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यद्यपि, ट्रम्पले टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति दिने धेरै आदेशहरूमा हस्ताक्षर गरेका थिए जबकि उनको प्रशासनले सामाजिक सञ्जाल कम्पनीको बिक्रीको लागि सम्झौतामा पुग्ने प्रयास गरिरहेको थियो ।

अहिलेसम्म सम्झौताको बारेमा थोरै विवरणहरू बाहिर आएका छन्, तर ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले यसलाई अनुमोदन गरेको दाबी गरेका छन् । टिकटकमा कुनै पनि ठूला परिवर्तनहरूले अमेरिकाका युवाहरू, विशेष गरी किशोरकिशोरीहरूले अनलाइन समाचार र जानकारी उपभोग गर्ने तरिकामा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि, वाशिंगटनस्थित चिनियाँ दूतावासले चीनले प्रस्तावित सम्झौतामा हस्ताक्षर गरेको छ कि छैन भनेर अझै स्पष्ट पारेको छैन ।

रिपोर्टका अनुसार, ३० वर्ष मुनिका लगभग ४३ प्रतिशत अमेरिकी नागरिकहरूले नियमित रूपमा टिकटकबाट समाचार प्राप्त गर्छन्, जुन युट्युब, फेसबुक र इन्स्टाग्राम लगायत अन्य कुनै पनि सामाजिक सञ्जाल एपभन्दा उच्च दर हो ।

ह्वाइट हाउसले हालसम्म खुलासा गरेको सम्झौताका सर्तहरू अनुसार, एप ओरेकल र लगानी फर्म सिल्भर लेक पार्टनर्स लगायत अमेरिकी लगानीकर्ताहरूको समूहको स्वामित्वमा रहेको नयाँ अमेरिकी संयुक्त उद्यममा रूपान्तरण हुनेछ । अहिलेसम्म खुलासा गरिएको जानकारी अनुसार, नयाँ उद्यममा लगानीकर्ताहरूको हिस्सेदारी लगभग ८० प्रतिशत हुनेछ, जबकि बाइटडान्सको हिस्सेदारी २० प्रतिशत वा कम हुनेछ । बोर्ड अमेरिकी लगानीकर्ताहरूद्वारा नियन्त्रित हुनेछ । बाइटडान्सको प्रतिनिधित्व बोर्डमा एक जना व्यक्तिले मात्र गर्नेछ, तर कुनै पनि सुरक्षा मामिला वा सम्बन्धित समितिहरूमा भाग लिने छैनन् ।

टिकटकका नयाँ मालिकहरूमा धेरै व्यक्तिहरू समावेश छन् । टिकटकका नयाँ मालिकहरूमा ट्रम्पसँग व्यापार वा राजनीतिक सम्बन्ध भएका धेरै व्यक्तिहरू समावेश रहेको बताइएको छ । यसमा ओरेकलका सह-संस्थापक ल्यारी एलिसन र रूपर्ट मर्डोक समावेश छन् । यसले प्लेटफर्ममा राजनीतिक प्रभाव पर्ने हो कि होइन भन्ने प्रश्न उठाएको छ । एलिसनले एक दशकभन्दा बढी समयअघि ओरेकलको सीईओ पदबाट राजीनामा दिएका थिए तर उनी यसको सञ्चालनमा सक्रिय देखिएका छन् । ट्रम्पले डेलका संस्थापक माइकल डेललाई पनि नयाँ उद्यममा लगानीकर्ताको रूपमा नाम दिएका छन् ।

Read More