चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् ।
भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसंगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याए ।
उक्त भेटको अवसरमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको उल्लेख गरे । उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे । उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो ।
त्यसैगरी चीनका राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे । भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गरे ।
उक्त भेटको अवसरमा महामहिम राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो।साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा समेत जानकारी दिए ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ । मंगलबार आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो ।
यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।
आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेटमा ८ करोड १० लाख रकम छुट्याइएको छ ।
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का टोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाई भएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।
उनले भने- ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाव गर्ने हो भने अर्बौं हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ? दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई÷मधेमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं ।’
भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।
धादिङ । सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु भएको छ । अवरुद्ध सडकको पहिरो हटाएर केहि बेरअघि दुईतर्फी सुचारु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको थियो ।
त्यसैगरी मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक भने ढुंगा खस्ने क्रम नरोकिएपछि दिउसो १ बजेदेखि नै सडक बन्द रहेको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।
काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज प्रभु स्मार्ट फन्डको सबैभन्दा बढी ४.३० प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३८ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । दुर्गा प्रसाईँले जेन–जी आन्दोलनलाई बारबरा र समता फाउन्डेसनका सुकिला–मुकिलाहरुले हाइज्याक गरेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले अहिले बनेको सरकार जेन–जीको सरकार नरहेको बताए । ‘जेन–जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’– उनले भने ।
उनले जेन–जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको पनि बताए । जेन–जी आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनको दाबी छ । उनले वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लगायतमाथि पनि जेन–जी आन्दोलनको प्रसँगमा प्रश्न उठाए ।
उनले प्रधानमन्त्री कार्कीलाई मेडिकल कलेज खोल्न हुँदैन भनेर विरोध गर्ने गोविन्द केसीको पछि लागेको आरोप लगाएका छन् । उनले देशलाई यो ठाउँमा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्कीको हात रहेको समेत बताए ।
‘गोविन्द केसीलाई लास्ट टाइम इलाममा लिन को गएको थियो भन्दा सुशीला कार्की र केदारभक्त माथेमा गएका होइनन् ? अहिलेका प्रधानमन्त्री सुशीला कार्कीलाई म के भन्छु भने–तपाईले पार पाउन हुँदैन । तपाईँ त यो देशमा मेडिकल कजेल, नर्सिङ कलेज हुन हुँदैन भन्ने मान्छे हो । गोविन्द केसी बोक्ने मान्छे तपाईँ हो,’– उनले भने ।
साथै, ऊर्जामन्त्री घिसिङ एमसीसी परियोजना छनोट गर्ने टिममा संलग्न र एमसीए प्रस्ताव गर्ने मुख्य पात्र रहेको उनको आरोप छ । त्यस्तै, गृहमन्त्री अर्यालमाथि उनले डा.गोविन्द केसीको वकिलदेखि बालेन्द्र शाहको कानूनी सल्लाहकारसमेत रहेको काम गरेको आरोप लगाए ।
दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दु राष्ट्र कायम नगरी अबको आन्दोलन नरोकिने उनको चेतावनी छ । त्यो आन्दोलनको नेतृत्व आफूले गर्ने पनि उनले उद्घोष गरे ।
बनेपा । दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालन गर्न रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असोफ ६ गतेदेखि २२ गतेसम्म जिल्ला भर टिपर संचालनमा रोक लगाइएको हो । यस अवधिमा टिपर संचालन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारवाही गरिने बताइएको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ ।
मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको परिमार्जित क्यालेन्डरमा राखिएको छैन ।
यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो । तर, परिमार्जित क्यालेन्डरमा एनएसएल राखिएको छैन ।
नेपाली राष्ट्रिय टिमले भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ । जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। त्यस्तै कार्तिककमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ । नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ ।
त्यसैगरी सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ । ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले अब संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन् ।
पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब निर्वाचनमा जानुपर्ने बताएका हुन् । नेता शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिलार्य सम्हालेर निर्वाचनको मिति घोषणा गरेको पनि स्मरण गरे । संसद् विघटनलाई लिएर पार्टीभित्र अब दुईमत हुन नहुने र पार्टी निर्वाचनमा होमिनुपर्ने उनले बताए ।
‘निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब संसद् पुनर्स्थापनको माग राख्न हुँदैन,’– उनले भने ।
यसबारेमा कांग्रेसले केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउनुपर्ने उनले आवश्यकता औंल्याए । महामन्त्री शर्माले जेन–जी पुस्ताले उठाएको मागप्रति पनि आफूहरुको समर्थन रहेको बताए । उनले जेन–जीको कारण बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जी पुस्ताकै सहभागिता नरहेको भन्दै आपत्ति जनाए ।
उनले बलिदानी गर्ने, परिवर्तनका लागि लड्ने र सरकार बनाउन पहल गर्ने जेन–जी भए पनि उनीहरुको प्रतिनिधित्वविना सरकार बनाउनुलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताए । अहिलेको सरकारमा एक सय एक मान्छे आएको भए पनि जेन–जीको प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ छ ।