२०८३ बैशाख २६

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ: मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । 

त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । 

आयोगले भनेको छ- 
काठमाडौँलगायत देशका विभिन्न भागमा भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको छ । देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरुको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।

विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुखद घटनाप्रति सबैको चिन्ता हुनु स्वभाविकै हो । अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ ।  देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ । सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ । यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ । सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।

Read More

देउवा दम्पतीको अस्पतालमा उपचार हुँदै, दुवैको टाउकोमा धारिलो हतियारको प्रहार

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो । घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए भने नेपाली सेनाले उनीहरुको उद्वार गरेको थियो । छोरा जयवीर भने त्यसबेला घरमा थिएनन् ।

देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीले लामो समय अवरोध गरेका थिए । सेनाले बल्लतल्ल मंगलबार बेलुकी काठमाडौंस्थित एक अस्पतालमा उनीहरुलाई पुर्यायो । सुरक्षाका कारण अस्पतालको नाम खोलिएको छैन ।

घरबाट सेनाले निकाल्दासम्म सामान्य शारीरिक चोटपटक देखिएका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले भौतिक आक्रमण गरेपछि दुबैको टाउको फुटेको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । त्यो धारिलो हतियार खुकुरी हुन सक्ने अस्पतालका चिकित्सकले अनुमान गरेका छन् ।

स्वकीय सचिव देउवाका अनुसार अस्पताल लैजानासाथ एमआरआई सहित सबै किसिमको स्वास्थ्य परीक्षण भएको थियो । बेलुकी नै दुबैको रक्तश्राव बन्द भइसकेको छ । एमआरआई रिपोर्टमा टाउकोमा गहिरो चोट नदेखिएका कारण चिकित्सकले खतरामुक्त रहेको बताएको उनले जानकारी दिए ।

Read More

कानुनी शासन र लोकतन्त्रको विकल्प छैन: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट गरेको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको भन्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गरेका छन् ।

उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा नभको उल्लेख गर्दै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताएका छन् । 

उनले भनेका छन्- 
हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।  धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।

हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्र्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।

देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । 

कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ । 

Read More

जेनजी अभियन्ता रक्षाले भनिन्: प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपासँग वार्ता गर्नुस् भनेपछि हामी बाहिरियौं

काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाई र रास्वपा पनि आन्दोलनका स्टेकहोल्डर भएको बताएको उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै रक्षाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुह पनि स्टेकहोल्डर  हो भन्दै स्वयं प्रधानसेनापतिले भनेपछि आफुहरुले अस्वीकार गरेर बाहिरिको बताएकी छन् ।

उनले जेनजीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेनजी समुहसँग छलफलको तयारी गरेको बताएकी छन् । 

उनले भनेकी छन्- 
राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्नुस्, उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं ।

Read More

जेनजीको सर्वेमा आयो सुशीला कार्कीको नाम, सागर ढकालले भने: कोहि नभए म तयार छु

काठमाडौँ । सागर ढकालले आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । 

बुधबार जेनजीहरुको सामुहिक छलफलमा बोल्दै ढकालले जेनजीको नेतृत्व गर्न आवश्यक परेमा आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । 

हाल डडेल्धुरामा रहेको जानकारी दिदै उनले आफु काठमाडौँ आउने प्रयासमा रहेपनि हवाई सेवा बन्द रहेको र सडकमा कर्फ्यु लागेकाले आउन नसकेको बताएका छन् । 

सागरले जेनजी आन्दोलनलाई आफुले साथ दिएको बताउदै आफुले २०८४ को चुनाव लड्ने तयारी गरिरहेका बेला जेनजीले सत्ता पल्टाइदिएको बताए ।

उनले लिड गर्न कोहि तयार नभए म आउन तयार रहेको बताएका छन् ।  सो छलफलमा उनले नयाँ नेतृत्वको लागि गरिएको सर्वेमा ९० प्रतिशत सुशीला कार्कीको नाममा सहमत भएको समेत सुनाएका थिए ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बुधबार अपराहन्नदेखि विमानस्थल सुचारु गरिएको जानकारी दिएको हो । 

यसअघि मंगलबार दिनको साढे २ बजेदेखि देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवा लगायतले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सुचना नभएसम्म विमानस्थल बन्द गरिएको थियो ।

कार्यालयले यात्रुहरुलाई हवाई उडान कम्पनिसँग सम्पर्क गर्न र विमानस्थल आवतजावत गर्दा  आधिकारिक हवाई तिक्त र परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ ।

Read More

जेनजी समुह छलफलमा, साझा एजेण्डा तय गरिदै

काठमाडौँ । जेनजीका युवाहरु देशको नयाँ सरकार गठन, निर्वाचन र त्यसपछिको योजना निर्माणका एजेण्डा तयार गर्न छलफलमा जुटेका छन् ।

जेनजीको छलफलपछि उनीहरुले राष्ट्रपति र सेनासँग वार्तामा बस्ने भएका छन् । अनलाईनमा भइरहेको भर्चुअल बैठकमा ४ हजारभन्दा धेरै युवाहरू सहभागी घएको बताइएको छ ।

बैठकमा अबको शासकीय स्वरूप, कार्यकारीको निर्वाचन प्रक्रिया, कार्यकाल लगायतका विषयमा छलफल गरिरहेका छन् । अनलाइन प्लेटफर्म डिस्कोर्डमा जेन जी अगुवाहरूको बैठक चलिरहेको हो । बैठकमा सेनासँग वार्ताका लागि आफ्ना प्रतिनिधिको हुने भन्नेबारे पनि छलफल गरिरहेकाछन् ।

त्यस्तै जेनजीका धेरै समुह भएका उनीहरु संगठित हुनेक्रममा रहेकाले उनीहरुको एकमत देखिएको छैन । उनीहरु मध्ये केहि समुहले मतदानबाट प्रतिनिधि छान्नु पर्ने धारणा राखेका छन् भने केहिले छिटो निर्णय गर्नुपर्ने बताएका छन् । 

उनीहरूले बैठकमा संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, कार्यकारी प्रमुखको कार्यकाल ४-५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै कार्यकारी प्रमुख हुन पाउने लगायतका प्रस्तावमा छलफल गरिरहेका छन् । छलफलबाट उनीहरु निष्कर्षमा पुग्न नसकेको बुझ्न सकिन्छ ।

यसअघि बुधबार बिहान जेनजीका प्रतिनिधिहरु नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गर्न गएकोमा प्रधानसेनापतिले सबै समुह एकसाथ भएर आउन आग्रह गरेपछि उनीहरु छलफलमा जुटेका हुन् ।

Read More

टोप बहादुर रायमाझी पनि जेलबाट भागे

काठमाडौँ । काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन ।

कारागार स्रोतका अनुसार सुन्धारा कारागारबाट रायमाझीसहित सयौं कैदी भागेका छन् । गएरातीदेखि नै कैदीहरुले तोडफोड शुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिने अवस्था नबनेपछि कैदीहरु भागेका थिए । यसैक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझी पनि भागेको बताइएको छ । अहिले रायमाझी कहाँ छन् भन्ने स्पष्ट रहेको छैन । हाल कारागारलाई सेनाले नियन्त्रणमा लिएको छ । 

केन्द्रीय कारागार बाहेक देशका कैयौं कारागारबाट हजारौं कैदी भागेका छन् र यो क्रम रोकिएको छैन । यसअघि मंगलबार सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका थिए ।

Read More

पोल्याण्डको हवाई क्षेत्रमा रुसी ड्रोनको प्रवेशपछि तनाव

काठमाडौँ । पोल्याण्डले देशको हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनहरूलाई खसालेपछि अपरेशन समाप्त भएको बताएको छ ।

पोल्याण्डको हवाई क्षेत्रको सुरक्षाका लागि एफ-३५ लडाकु विमानहरू तैनाथ गरेकोमा सेनाले नेटोको एयर कमाण्ड र नेदरल्याण्ड्सलाई धन्यवाद दिएको छ । पोलिश सेनाले रुसी ‘ड्रोनहरू’ खसालिएका क्षेत्रहरूको खोजी गरिरहेको जनाएको छ ।

सेनाले भन्यो- ‘नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै, हामी अपील गर्दछौं कि यदि कुनै अज्ञात वस्तु वा यसको भग्नावशेष देखियो भने, त्यसको नजिक नजानुहोस् वा नछुनुहोस् । त्यस्ता चीजहरूले खतरा निम्त्याउन सक्छ र हानिकारक पदार्थहरू हुन सक्छन् ।’

यसअघि, पोलिश सेनाले युक्रेनमा रुसी आक्रमणको क्रममा ‘ड्रोन जस्ता अज्ञात वस्तुहरूद्वारा देशको हवाई क्षेत्रको बारम्बार उल्लङ्घन’ भएको बताएको थियो, त्यसपछि सेनाले अपरेशन सुरु गरेको थियो ।

पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले पनि पोलिश हवाई क्षेत्रको धेरै उल्लङ्घन” पछि सैन्य अपरेशन सञ्चालन भइरहेको बताए ।

Read More

कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।

सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।

काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ । 

अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०, कपिलवस्तु कारागारबाट ४३१, रौतहटको गौर अदालतबाट २६०, दाङ कारागारबाट १२४, जुम्ला कारागारबाट ३६, बझाङ कारागार बाट ६५ जना भागेको पाइएको छ । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् ।

Read More