1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा किशोरीहरुलाई खेलौना बनाउने तालिमका लागि विनियोजित ३ लाख ८२ हजार ५३ रुपैयाँ हिनामिना गरेको आरोपमा नगर प्रमुख कुशवाहासहित वडा नम्बर ५ का वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह र लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर-८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।