२०८३ बैशाख १३

अन्तर्राष्ट्रिय हवाई उडानको पहिलो अनुभव: मिशन हाईटीको आत्मकथा

श्रीहरि के.सी.
प्रहरी वरिष्ठ नायब निरीक्षक
प्रहरी प्रधान कार्यालय, नक्साल

रहरको पंखामा चढेर…
सानैदेखि मेरो मन भित्र एउटा रहर थियो – परदेशको आकाश हेर्ने, नयाँ ठाउँ चिन्ने, बिभिन्न संस्कृति बुझ्ने ।
गाउँघरतिर आफन्त, नातागोता, छर-छिमेकीका छोराछोरी शान्ति सेना गएर आएको देख्दा सुनिँदा मन भरिन्थ्यो, “म पनि कहिले जाने होला?” । रहर, जसले मलाई अध्ययन र प्रयासको बाटोमा लग्यो । मैले राजनीति शास्त्र, अन्तर्राष्ट्रिय शान्ति, द्वन्द्व, विकास सम्बन्धी विषय पढेँ । एलएलबी गरेर कानुनको ज्ञान पनि आर्जन गरेँ । अनि ओसिस ल्याङ्ग्वेज सेन्टर र विश्वभाषा क्याम्पसबाट अङ्ग्रेजी र फ्रेन्च भाषा पनि सिकेँ- मनमा एउटै सपना थियो, “म एकदिन शान्ति मिसनमा जान्छु ।”

सपना पूरा हुने ढोका
करिब ४-५ वर्षको जागिरे अनुभवपछि नेपाल प्रहरीको तर्फबाट मैले एफपियु (Formed Police Unit) आठौं टोलीमा शान्ति सेनाको रुपमा ‘मिशन हाईटी’ का लागि छनोट हुने सौभाग्य पाएँ । मेरो ब्याचका ३८२ मध्ये अन्तर्राष्ट्रिय मिसनमा जाने म नै पहिलो थिएँ, त्यो पनि निकै कम उमेरमा । त्यो समय मेरो लागि केवल जागिरको अवसर थिएन, त्यो त जीवनको टर्निङ पोइन्ट थियो, जहाँबाट म अन्तर्राष्ट्रिय भूमिमा आफ्नो अस्तित्व चिनाउन निस्किएँ ।

तालिमका ती कठिन तर उत्साहपूर्ण दिन
हामीले सामाखुसीस्थित केन्द्रिय प्रहरी कार्यदलबाट ६० दिनको कडा तालिम लिएँ । बिहान शारीरिक अभ्यास, दिउँसो शान्ति मिसनसम्बन्धी अध्ययन, साँझ हातहतियार तालिम – तालिमका हरेक क्षणमा अनुशासन, नेतृत्व, सहकार्य, कानुनी ज्ञान, मानव अधिकार, महिला-शिशु अधिकार आदिको गहिरो शिक्षा पाइन्थ्यो । हामीलाई तालिमकै क्रममा काठमाडौंका विभिन्न बन्द, जुलुस र आन्दोलन नियन्त्रणमा पनि खटाइन्थ्यो – सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव पनि थुपारियो ।

बिदाइको त्यो भावुक क्षण
२०६५ साल, पहिलो अन्तर्राष्ट्रिय हवाई यात्रा – ‘मिशन हाईटी’ । तत्कालिन प्रहरी महानिरीक्षक ओम बिक्रम राणाबाट अपरेशन हलमा बिदाइको शुभकामना, त्रिभुवन विमानस्थलबाट अन्तिम बिदाइ । रसियन विमानमार्फत हाम्रो टोली पाकिस्तान, नर्वे, क्यानाडा हुँदै हाईटी पुग्यो । क्यानाडामा लामो ट्रान्जिट हुँदा संस्कृति, समय तालिका, खानपान फरक – तर, हाम्रो उत्साह उस्तै। हामी ‘रेडी टु मुभ’ थियौं, हाम्रो मन भने ‘रेडी टु एक्स्प्लोर’ ।

अफ्रिकन भूमिमा नेपाल
पोर्ट-ओ-प्रिन्सबाट क्यापाहाइसियन पुगेपछि हाम्रो काम सुरु भयो । अफिसियल ड्युटी, गस्ती, जेल सुरक्षा, सार्वजनिक सुरक्षादेखि शान्ति स्थापनासम्म – हामी सबै खटियौं । कामको बाँडफाँड, समन्वय, नेतृत्व सबथोक व्यवस्थित थियो । हामी एउटै परिवारजस्तै थियौं – बेस क्याम्पको नाम नै थियो “स्वर्गद्वारी क्याम्प” – नाम जस्तै स्वर्गजस्तै लाग्ने वातावरण ।

मिसन मात्र होइन, आत्मिक अनुभूति
हामीले केवल कागजी ड्युटी गरेनौं, हामीले त मनले काम गर्यौं । स्थानीयहरुसँग आत्मीय सम्बन्ध बनायौं । अफ्रिकन माटोसँग हामीले आत्मा जोडेँ । हाईटीको संस्कृति, रंग, भेषभूषा, पीडा र संघर्ष – सबैलाई आत्मसात् गर्यौं । त्यो भुइँले हामीलाई ‘ब्लु हेल्मेट’माथिको ‘मानवता’ बोध गराउँथ्यो । हामी त्यहाँ सैनिक मात्र होइन, शान्तिका सन्देशवाहक थियौं ।

मेडल परेड: मेहनतको पुरस्कार
मिशनको अन्त्यमा युएनद्वारा आयोजित ‘मेडल परेड’ हाम्रो मेहनत र समर्पणको प्रतिफल थियो । युएन पदक, सम्मान र हार्दिक बिदाइ – ती भावुक क्षणहरू आज पनि मेरो आँखामा सजिलै झल्किन्छन् । जब मैले युएनको झण्डा समाएर परेड खेलेँ, त्यो क्षण मेरो जीवनको एक शिखर थियो।

मिशनपछि बुझेको जीवन
हाईटीले मलाई सिकायो – जीवन केवल आफू बाँच्नु होइन, अरूका लागि पनि केही गर्नु हो । मानवता, सहकार्य, अनुशासन, संघर्ष र सम्भावनाको पाठ सिकेर फर्किएँ म । मैले बुझेँ – “जीवन इतिहास बन्ने कुरा हो”, केवल समय बिताउने होइन ।


मिशन हाईटी मेरो लागि जागिरको अवसर मात्र होइन, त्यो आत्मिक यात्रा थियो । जहाँ मैले नेपालीको पहिचान संसारलाई देखाउन पाए । जहाँ मैले आफैंलाई पनि चिनेँ । जुन मिसन पूरा गरेर फर्किँदा म केवल एक युएन शान्ति सैनिक थिएन, म एउटा कथावाचक थिएँ – म त्यो कथाका पात्र थिएँ, जसले आँखा चिम्लिएपछि अझ गहिरो अनुभव देख्दछ, अनुभव लेख्दछ ।

हाइटीमा बिताएका ती पलहरु, त्यो यात्राको हर एक मोड – आज पनि मेरो आत्मा भित्र झल्किरहन्छ । र म गर्वका साथ भन्छु, म नेपाली हुँ, शान्तिको दूत हुँ ।

क्रमश…

Read More

रूसी ड्रोन आक्रमणमा युक्रेनको सबैभन्दा ठूलो जहाज ध्वस्त

काठमाडौँ । युक्रेनी नौसेनाको सबैभन्दा ठूलो जहाज, सिम्फेरोपोल, रूसी समुद्री ड्रोन आक्रमणमा डुबेको छ । यो जानकारी स्पुतनिक समाचार एजेन्सीले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दिएको हो ।

यो जहाज पछिल्लो १० वर्षमा युक्रेनको सबैभन्दा ठूलो जहाज थियो । यो तटीय क्षेत्रको जहाज थियो, जुन जासुसीको लागि बनाइएको थियो । ड्रोन आक्रमण युक्रेनको ओडेसा क्षेत्रमा रहेको डेन्यूब नदी नजिकै भएको थियो ।

रिपोर्टमा रूसले समुद्री ड्रोनले युक्रेनी जहाजलाई ध्वस्त पारेको यो पहिलो पटक हो । एक ड्रोन विज्ञले यसलाई रूसको लागि ठूलो सफलताको रूपमा वर्णन गरेका छन् । युक्रेनले पनि जहाजमा आक्रमण भएको पुष्टि गरेको छ ।

सिम्फेरोपोल जहाज २०१९ मा सुरु गरिएको थियो र २०२१ मा युक्रेनी नौसेनामा समावेश गरिएको थियो । रिपोर्टका अनुसार, यो २०१४ पछि युक्रेनले सुरु गरेको सबैभन्दा ठूलो जहाज थियो ।

युक्रेनी नौसेनाको अनुसार, आक्रमणमा एक चालक दलका सदस्यको मृत्यु भएको छ, जबकि धेरै अन्य घाइते भएका छन् । प्रवक्ताले आक्रमण पछि स्थिति नियन्त्रण गर्न प्रयास भइरहेको बताए । जहाजका अधिकांश चालक दल सुरक्षित छन्, तर केही बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको छ ।

Read More

काठमाडौँ महानगर प्रहरी दिवस शनिबार मनाईँदै

काठमाडौ । काठमाडौँ महानगर प्रहरी बलले शनिबार बिहान ९ बजे राष्ट्रिय सभा गृहमा ३३औँ महानगर प्रहरी दिवस मनाउने भएको छ।

कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यो औपचारिक कार्यक्रमको जानकारी दिएका छन् ।

पाण्डेका अनुसार महानगर प्रहरी बलले आफ्नो ३३ओैँ स्थापना दिवसको सुखद् अवसरमा भदौ ११ गते स्वयम्भू परिसरको विशेष सरसफाइ गरेको थियो भने भदौ १२ गते नयाँ वानेश्वरदेखि पुरानो वानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै आज भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षारोपण सम्पन्न गरेको छ ।

३३ओैँ महानगर दिवसको उपलक्ष्यमा आ.व. ०८१/०८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कारले प्रहरीहरूको हौसला बढाइने समेत पाण्डेले जानकारी दिए ।

काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो । 

Read More

प्रतिनिधि सभाबाट भूमि सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित भएको छ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेस गरेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस भन्ने प्रस्ताव माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । 

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो ।

प्रतिनिधिसभाले पारित गरेपछि अब यो विधेयक राष्ट्रिय सभामा जनाए छ भने राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउने छ । प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ र  राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यावसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन् । भूमिको वर्गीकरण गर्दा अवास र आवासीयमा नपरेका जग्गा समेत कित्ताकाट गरेर बेच्न पाउनेछन् ।

यस विधेयकमा अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राज्यले जग्गा दिने बाटो खुला हुनेछ । योसँगै भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई समेत जग्गा दिने व्यवस्था राखिएको छ ।

Read More

रास्वपा नेता डा. अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छोड्न आदेश दिएको हो । प्रहरीले बयानका लागि पाँडेलाई शुक्रबार बिहान जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पाँडेको बयान सकिएपछि थुकछेक बहस पछि अदालतले पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो । बिहीबार जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो । पाँडेविरुद्ध एक महिलाले विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा ब्युरोमा उजुरी दिएपछि उनलाई हिरासतमा लिइएको थियो । 

Read More

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा

काठमाडौं । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा लगेको छ ।

सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन प्रस्ताव गरेकी थिइन् । सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । संघीय निजामती विधेयक अन्तर्गत कुलिङ पिरियडमा भएको हेरफेरको नैतिक जिम्मेवारी लिदै खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए ।

कांग्रेसले खतिवडालाई सुनुवाई समितिको सभापति बनाउने चर्चा समेत रहेको छ ।

Read More

मनाङको प्रदेश सभाको उपनिर्वाचन कार्तिक १७ मै हुने

काठमाडौँ । मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको निर्वाचन कार्तिक १७ गते हुने भएको छ ।

निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद गएपछि खाली भएको स्थानमा कार्तिक १७ गते उपनिर्वाचन हुने निर्णय गरको जानकारी दिएको छ ।  

सर्वोच्च अदालतले २०८१ कार्तिक २० गतेदेखि रिक्त भएको प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश, पोखराबाट जानकारी हुन आएको र प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोकिएको आयोगले जानकारी दिएको छ ।

साथै आयोगले २०८२ असार १६ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मिति तोकिएपश्चात् देशभर अद्यावधिक भई मिति भदौ २५ गतेमा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर अठार वर्ष पुग्ने निर्दिष्ट मिति कात्तिक १६  गतेलाई तोक्ने निर्णय समेत आयोगबाट भएको जनाएको छ । 

Read More

चीन भ्रमण बारे प्रधानमन्त्री ओलीले संसदमा के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित, माल्दिभ्स, लाओस, भियतनामका राष्ट्र प्रमुखसँग भेटवार्ता तय भएको जानकारी दिएका छन् । साथै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जीङपीङसँग दुई पक्षीय भेटवार्ता हुने जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले चीन भ्रमण बारे दिएको जानकारी: 

– मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको ५ दिने भ्रमणमा जाँदैछु । 

– यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई  कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु हो । 

– शाङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

– अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।
 
– नेपाल सहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्। 

– नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं  यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ । 

– यस भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम छ ।  बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं । 

– २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, मैले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

– एससिओ शिखर सम्मेलनका दौरान मैले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । थियानजिनबाट म सोही दिन बेइजिङ्ग जाने कार्यक्रम छ । 

– हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ ।  

–  अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै हाम्रो प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते (तदनुसार २०२५ सेप्टेम्बर ३) चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन् ।

–  यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु । 

– हाम्रो भ्रमण दलमा मेरी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य माननीय श्री पूर्णबहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य माननीय श्री छबिलाल विश्वकर्मा  र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुहुने छ ।

Read More

देशका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको मन्त्री न्यौपानेको दाबि

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले मुलुकका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको दाबि गरेकी छन् ।  

मन्त्री न्यौपानेको सचिवालयले स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको दाबि गरिएको छ । 

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकोमा मन्त्री न्यौपानेको आगमनपछि अब सम्पूर्ण स्थानीय तहहरुमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले मन्त्रालयको दाबी रहेको छ ।

‘मन्त्रालयले दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवर्द्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भईरहेको छ ।’मन्त्री न्यौपानेको  सचिवालयले भनेको छ । 

Read More

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान १०: १५ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

Read More