२०८३ बैशाख १३

सर्विया-रसिया पठाउने भन्दै ५० लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् ।

पक्राउ मध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Read More

मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने

पोखरा । मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ ।   

जलवायु सम्मेलनमा देशभरका ७५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको छ । भाद्र ३१ मा हुने यो सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने समस्या र वातावरणीय संकटबारे साझा कार्ययोजना बनाउन केन्द्रित हुनेछ ।

सम्मेलनको संयोजन घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गर्नेछन् भने हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने अवस्था र बढ्दो वातावरणीय संकटलाई सम्बोधन गर्न सबै पालिकाले साझा कार्ययोजना बनाउनुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष लालचनले जानकारी दिएका छन् ।

विशेष रूपमा यो सम्मेलनले ७५३ पालिकाको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र हिमाली भू–भागका चुनौतीहरूको समाधानमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रअनुसार जलवायु प्रतिरोधी नीति बनाउन, राष्ट्रिय स्तरमा सुझाव दिन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज उठाउन सशक्त अवसर प्रदान गर्नेछ। सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान, अनुभव आदान–प्रदान र साझेदारीका अवसरहरू पाउनेछन् ।

सोहि दिन मुस्ताङमा गरिने कृषि प्रदर्शनीमा उत्कृष्ट कृषक पुरस्कार समेत वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

Read More

संगठनको चेन अफ कमाण्ड टोल तहमा छैन, आधारभूत तहमै एमाले कमजोर देखियो: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जबजको मान्यता अनुसार पार्टीको संगठन निर्माण गर्न नसकेको बताएका छन् ।

पुर्व मन्त्रीएंव एमाले नेता आनन्द पोखरेलको पार्टी निर्माणका अधार पुस्तक सार्बजनिक गर्दै महासचिव पोखरेलले जबजले आधारतभुत तहसम्म पार्टीको चेनअफ कमाण्ड स्थापित हुनुपर्नेमा अझै त्यसो गर्न नसकेको बताएका हुन् ।

उनले भने- हामीले वडालाई केन्द्र बनाएर काम गर्न सकेका छैनौं । अहिले पालिका तहको सक्रियतानै पार्टी जीवन्त रहेको आधार मान्ने हो भने देशको निर्णायक राष्ट्रिय शक्तिशाली पार्टी बन्ने लक्ष्य पुरा गर्न सक्दैनौं । हाम्रो नीति जनमत धुर्बिकरणको नीति बनाउन सकेका छैनौं । हामीले हाम्रो संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म पुर्याउन जरुरी छ र यो टोलतहसम्म पार्टीलाई पुर्याउनु पर्छ ।’

महासचिव पोखरेलले वडा तहसम्म अनिवार्य पार्टी कार्यालय बनाउनु पर्ने बताउदै त्यसो गर्न नसके हाम्रो सामर्थ्य कम्जोर छ भन्ने बुझ्नुपर्ने बताए । उनले जतिबेला एमालेको नीतिलाई राष्ट्रको मुख्य नीति बनाउन सक्छौं, त्यति बेला मात्र पार्टी राष्ट्रको निर्णायक शक्ति बन्ने उनले बताए ।

Read More

सुदूरपश्चिममा भरपुर सम्भावना छ भन्दै पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।

भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै प्रचण्डले भने, ‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।’

प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले भने- ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।’

त्यसैगरी, उहाँले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए ।

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि प्रचण्डले स्पष्ट पार्दै भने- ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ ।’

प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याए ।

उनले भने- ‘सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ ।’

बैठकमा विशिष्ट अतिथि पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताए ।

भर्चुअल बैठकमार्फत प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाउनेमा जोड दिँदै कार्यकर्तालाई संगठन निर्माण र आत्मसमिक्षाको बाटोमा अघि बढाउने रणनीति प्रस्तुत गरेका छन् ।

Read More

मोदीले गरे एससीओ शिखर सम्मेलनमा राष्ट्र संघको प्रणालीमा परिवर्तनको माग

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले शंघाई सहयोग संगठन (एससीओ ) शिखर सम्मेलनमा संयुक्त राष्ट्र संघको प्रणालीमा परिवर्तनको माग गरेका छन् । 

सोमबार सिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले संयुक्त राष्ट्र संघ सुधारको लागि एससीओ देशहरूलाई अपील गरेका हुन् ।

मोदीले भने- ‘एससीओ सदस्यहरूले विश्वव्यापी संस्थाहरूमा सुधारको लागि पारस्परिक सहयोग बढाउन सक्छन् । संयुक्त राष्ट्र संघको ८०औं वार्षिकोत्सवको अवसरमा, हामी सर्वसम्मतिले संयुक्त राष्ट्र संघ सुधारको लागि आह्वान गर्न सक्छौं । ग्लोबल साउथको आकांक्षालाई पुरानो ढाँचामा कैद गर्नु भावी पुस्ताहरूप्रति गम्भीर अन्याय हो । हामी नयाँ पुस्ताको बहुरंगी सपनाहरू पुरानो शैलीको कालो र सेतो पर्दामा देखाउन सक्दैनौं । पर्दा परिवर्तन गर्नुपर्छ ।’

शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले पहलगाम आक्रमणको उल्लेख गर्दै ‘आतंकवाद’ लाई निशाना बनाए र मित्र राष्ट्रहरूलाई धन्यवाद दिए । मोदीले नाम नलिई पाकिस्तानलाई निशाना बनाएका थिए । 

मोदीले पहलगाम आक्रमणलाई उल्लेख गर्दै उनले यसलाई आतंकवादको सबैभन्दा खराब रूप भनेका थिए । मोदीले भारतले विगत चार दशकदेखि आतंकवादको सामना गरिरहेको बताउदै आतंकवादलाई केही देशहरूको खुला समर्थन कसरी स्वीकार गरिँदैछ भन्ने प्रश्न गरेका थिए ।

त्यस्तै एससीओ सम्मेलनको घोषणापत्रमा पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरिएको छ । घोषणापत्रमा अपराधी, आयोजक र उनीहरूलाई समर्थन गर्नेहरूलाई दण्डित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । यसअघि जुनमा भएको रक्षामन्त्रीहरूको बैठकमा पनि एससीओ घोषणापत्रमा पहलगाम आक्रमणको कुनै उल्लेख थिएन । भारतले यसप्रति असन्तुष्टि व्यक्त गरेको थियो ।

Read More

डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । 

प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।

रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको बारेमा अनेकौं विषय बाहिर आएका छन् । थापाको उम्मेदवारी घोषणा हुनासाथ अहिले मिडिया र सामाजिक सञ्जालमा दुई विवाह गरेको, पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो खिचेको जस्ता विषयले उनी विवादमा परेका छन् ।

त्यस्तै रास्वपाको प्राइमरी निर्वाचनमा समेत अनियमितता भएको आशंका व्यक्त गरिएको थियो । केबल करिब ५६ प्रतिशत मतदान भएको प्राइमरी निर्वाचन बारे रास्वपाले पारदर्शी रुपमा जानकारी गराएको छैन ।

Read More

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

काठमाडौँ । अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।

आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिएका छन् । उनले अहिलेसम्म १५ सय ५५ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् ।

मृतकमध्ये ६१० जना कुनारमा र १२ जना नान्गरहारका रहेका छन् भने घाइतेमध्ये १३ सय जना कुनारमा र २५५ जना नान्गरहारमा रहेको उनले बताएका छन् ।   

अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ ।

Read More

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीचसँग भेटवार्ता

काठमाडौँ  ।  शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

ठुलो ढुंगा खसेपछि कालिकोटको गगने खोलाको पहिरो हटाउन सकिएन

सुर्खेत । अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा शनिबार राति पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर पहिरो सफा गरिरहेको जानकारी दिएको छ । कार्यालयले सडकमा खसेको ठुलो ढुंगा हटाउन नसकेपछि अब ब्लाष्ट गरेर हटाउने प्रयासमा रहेको बताएको छ ।

साथै बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र गर्न र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ । 

Read More