२०८३ बैशाख १३

रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली गोली लागेर दुई जनाको मृत्यु

रामेछाप । रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । हाल १२ जनाको उपचार जारी रहेको छ । 

कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले गोलि चलाएको थियो । मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका कैदी रहेका छन् ।

रामेछाप जिल्ला कारागारमा हाल तीन सयभन्दा बढी कैदी रहेका छन् । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।

Read More

बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदै

काठमाडौँ । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम स्वदेश फर्किन अहिले विमानस्थल पुगिसकेको छ । खेलाडी र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन बंगलादेशी सेनाको विशेष विमान काठमाडौं आएको हो । नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेल जेनजी आन्दोलनका कारण रद्द गरिएको थियो ।

आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि खेलाडी काठमाडौँमै रोकिएका थिए ।

Read More

जेनजीको माग उन्नत लोकतन्त्रको माग हो, संविधान अनुसार पुरा गरौँ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।

प्रचण्डले जेनजी युवाहरुलाई सम्बोधन गर्दै गरेको अपिलमा जेनजी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उल्लेख गर्दै आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेको बताएका छन् । 

उनले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै भएको बताउदै जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै थियो भनेका छन् । प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा आफुहरु विश्वस्त रहेको उल्लेख गरेका छन् ।

प्रचण्डको अपिल
जेनजी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय,
समुन्नत लोकतन्त्रको सपना सांचेर सुशासनका पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

१- सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद् रुपमा तपाई हाम्रासामु देखिएको छ । भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रुप लियो । जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथी सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।

२- आन्दोलनको दोश्रो दिन व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौं सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, नीजि आवास, होटल, बैक, व्यावसायिक भवनहरुमा जे जसरी तोडफोड, लूटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भयो, त्यो जेन-जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरूप पनि छैनन् भन्ने हाम्रो ठहर छ । हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं ।

३- केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसदको रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ । त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरुमा लगातार कठोर आत्मसमिक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृंखला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै सचेत गराउँदै आएको थियो । हजारौं सहिद, वेपत्ता नागरिक तथा घाइते अपांग जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी गयौं । तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो। सरकार भने अहमकारकै बाटोमा लागि रह्यो । अझ सामाजिक संजालमा प्रतिबन्ध लगाउने तथा दमनको निरंकुश बाटोमै अघि बढिरह्यो । यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट हुन पुग्यो । युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो ।

४- हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौं । पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ । प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौं । आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो । जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लूटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्वाधिक नकारात्मक घटना बन्न पुगे। जेनजी युवा र हामिले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जि पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

५- कुनै बेला तत्कालिन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो । जनयुद्ध कुनै रहर थिएन । जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो । नेपालकै इतिहासमा पहिलोपटक पींधमा रहेका वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरें । हजारौं जनताको बलिदान भयो । कैयन् अझै पनि वेपत्ता छन, अंगभंग र घाइते छन्। शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश गयो । राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण संघर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौं । नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो । सिंहदरबारमा केन्द्रीत अधिकार गाउँसम्म पुग्यो । यो चानचुने उपलब्धि थिएन । आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नुपर्दछ ।

६- हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौं। प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरयौँ, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू फरक मतका रूपमा राख्यौं। २०४६ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरु मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए। त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गरयौँ । यी फरक मतहरु हाम्रा अहिले पनि छन् । हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठन नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो । आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं । आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ। यसका लागि जेन-जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।

७- जेन-जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन्। हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।

८- हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु-याउने छ । त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।

९- नेकपा (माओवादी केन्द्र ) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो । हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गयौं । त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं । गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन् । गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो । नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । हामी यथास्थितमा बस्न चाहन्नौं । त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं । अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ ।

१०- संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु । साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु।

अन्तमा,

जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्याउन सबैसँग अपील गर्दछु। साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।

Read More

आन्तरिक सहमति गरी आ-आफ्नो समुहको नेता छानेर आज वार्तामा आउन विभिन्न जेनजी समुहलाई सेनाको आग्रह

काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबीचको औपचारिक वार्ता आज हुने भएको छ । जेनजी समूह भन्दै थुप्रै समुह जंगीअड्डा पुगेपछि बुधबार हुने भनिएको बार्ताले औपचारिकता लिन सकेको थिएन ।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर साथै आफ्नो समुहको नेता छानेर वार्तामा आउन विभिन्न जेनजी समुहलाई आग्रह गरेको छ ।

जेनजीको एउटा समुहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ । साथै काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि सुशिला कार्कीलाई आफ्नो समर्थन रहेको स्पष्ट गरेका छन् ।

साथै जेनजी समुहले राष्ट्रपतिसँग वार्ता नगरेर सेनासँग वार्ता गर्न गएको भन्दै आश्चर्य समेत व्यक्त गरिएको छ । संसद विघटन नभएको र देशको प्रमुखको रुपमा राष्ट्रपति रहेको अवस्थामा सेनासँग वार्ता गर्नुलाई अनेक किसिमले विश्लेषण भइरहेको छ ।

बुधबार दुर्गा प्रसाई, धरानका मेयर हर्क साम्पाङ लगायत पनि आफ्नो पक्ष राख्न जंगी अड्डा पुगेका थिए । प्रधानसेनापति;लाई भेटेपछि प्रसाईले बालेन र सुशिला कार्की जो भएपनि आफुलाई स्वीकार्य हुने बताए भने हर्क साम्पाङले आफु नेतृत्व लिन इच्छुक रहेको दाबि पेश गरेका थिए ।

गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Read More

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र

काठमाडौँ । फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र भएको छ । बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सरकारले प्रदर्शन बढेपछि ८० हजारभन्दा बढी प्रहरी तैनाथ गरेको छ भने अहिलेसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोनका नीतिहरूको विरोध गरेका छन् । उनीहरुले जनताको ठूलो वर्गले म्याक्रोनका नीतिहरू आम जनताको हितविरुद्ध र धनी वर्गलाई फाइदा पुर्‍याएको आरोप लगाएका छन् ।

त्यस्तै सरकारले खर्च कटौती गरेर र कल्याणकारी योजनाहरू घटाएर आर्थिक सुधारहरू लागू गरेपछि अझ आक्रोस बढेको छ । यसले आम जनता, विशेष गरी मध्यम वर्ग र श्रमिक वर्गमाथि दबाब बढाएको छ । हालै सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्री बनाइएको छ । यो दुई वर्षभन्दा कम समयमा पाँचौं प्रधानमन्त्रीको नियुक्ति हो । यसले जनतामा अस्थिरता र असन्तुष्टि बढाएको छ । प्रदर्शनकारीहरू उनको नियुक्तिको सुरुवातदेखि नै सरकारमाथि दबाब दिन शुरु गरेका छन् ।

वामपन्थी गठबन्धन र तल्लो तहका संगठनहरूले देशमा भएका सबै कुराहरू रोकियोस् र सरकारलाई झुक्न बाध्य पारियोस् भन्दै आन्दोलन सुरु गरेका छन् । यी विरोध प्रदर्शनहरू फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले कार्यभार सम्हाल्न लागेका बेला भइरहेका छन् । 

Read More

जनार्दनको सुझाव: शक्तिशाली छानबिन आयोग र सबैको सहभागितामा सरकार चाहिन्छ, जेनजी समेटेर वैधानिक सरकार बनाऔं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यमान समस्या समाधानको लागि केही सुझावहरू अघि सारेका छन् ।

सङ्कटको बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ। ‘

संवैधानिक बलविहीन सरकार बनाउँदा वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई समेत ध्यान दिन जरुरी रहेको उनले बताएका छन् । संविधान बाहिर सरकार गठन गरिएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भई अकल्पनीय अवस्था सृजना हुने खतरा रहने र वर्तमान राष्ट्रिय सङ्कटलाई समाधान गर्न थप जटिलता हुन सक्नेबारे ध्यान दिन जरुरी रहेको शर्माले बताएका छन् ।

भ्रष्टाचारको जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं सङ्कटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईको भनिएको सरकार रहेको पनि उनको आरोप छ ।

प्रेस बक्तब्य
जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र राजनीतिक स्थायित्वसँग सम्बद्ध एवं जनताको जीवनचर्या भएको सामाजि सञ्जाल बन्द गर्ने लेकतन्त्रको आत्म मार्ने कार्यका विरुद्ध उठेकोआन्दोलनलाई सरकारले गरेको दमन नरसंहार को भत्सना गर्दछु। राजनीतिक सुधारका लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्णयोद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्द छु । सम्पूर्ण घाइतेहरूको स्वास्थ्य लाभको कामनागर्दछु।साथै नरसंहारको छानबिन गरि दोसिलाई कठघरामा ल्याउ न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नु पर्दछ।

यतिवेला मुलुक सरकार विहिन अवस्थामा रहेको छ । मुलुकभर एक प्रकारको भए र त्रासको अवस्थाछ । आम जनता असुरक्षित र संकित देखिन्छन् । त्यसैले सर्वप्रथम जनताको सुरक्षाको सुनिश्चित गर्ने र त्यस पछी मुलुकलाई राजनितक निकास दिन आवश्यक छ । त्यसैले बिध्यान समस्याको समाधानको लागी देहाय बमोजिमका कदमहरु तत्काल चाल्न म सबै सम्बद्ध स‌ग आग्रह गर्न चाहान्छु ।

· भ्रष्टाचार को जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक छ।

· राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं संकटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईकोभनिएको सरकार जसले सुधार र जनतालाई सेवा दिनुको सट्टा भ्रष्टाचारको वृद्धि गर्ने र अहंकारी प्रवृत्तिबाट ग्रसित भई जनताका आवाजहरुलाईकुल्चने ललकार्ने उत्तेजित बनाउने लगायतका अभिव्यक्ति र व्यवहारहरू मुख्य रूपले जिम्मेवार छन् ।

· आजको अराजक परिस्थिति सिर्जना गर्नुमा तिनै नेताहरुको परिवारवाद र कुर्सीमोहले जन्माएको भ्रष्टाचारको परिणाम हो ।

· आन्दोलनमा जेन्जीहरूले पवित्र उद्देश्यले उठाएका मुद्दाहरू त्यसमाथि गरेको दमन बाट उत्पन्न आक्रोशले सिर्जना गरेको वातावरण मा गलतमनसायले घुसपइट वाट मानविय र भौतिक मात्र नभई मुलुक स‌चालनको केन्द्रविन्दुमा रहेको तथ्यांक श्रेष्ता र सबै रेकर्डहरु समाप्त पारे र राष्ट्रलाईगम्भीर र अपूरणीय क्षति भएको छ।

· यतिबेला राजनीतिक पार्टीहरू पार्टीहरू नेतृत्वविहीन जस्ता भएका छन्। परिणाम स्वरुप वर्तमान संकटको समाधानका लागी गर्न पहल गर्ने सामर्थ्य र नैतिक आधार राजनितिक दलका शिर्ष नेताहरुले गुमाएका छन् ।

· यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रति निधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नुनितान्त आवश्यक छ। परिस्थिति अनुसार को सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो स‌विधानका सबैधाराको अक्षरस पालना नहुन सक्छतर सबैलाई स्विकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।

· स‌वैधानिक वल विहिन सरकार बनाउदा बर्तमान संविधानका फक्षधरहरुबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतिलाई समेत ध्यान दिन जरुरी छ । संविधान वाहिर सरकार गठन गरीएमा त्यसले राज्यका सबै नियको वैधानिकता माथी प्रश्न खडा भइ अकल्पनिय अवस्गा श्रजना हुने खतरा रहन्छ र बैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्ने वारे ध्यान दिन जरुरी छ।

· यतिबेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमापर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न लागी परौ ।

· राष्ट्र को संकट सबै नागरिरको सरोकारको र जिमेवारीको विषय हो। तसर्थ आन्दोलनले स्थापित नारा र एजेण्डा लाई सफल पार्न वैधानिकतालाई आत्म साथ गर्न सबैमा हार्दिकअपिल गर्दछु।

जनार्दन शर्मा ।

Read More

त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ ।

Read More

जेनजी र सेनाबिच आज वार्ता, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन बालेनको समर्थन

काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुदै छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर आज बिहिबार वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो ।

जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रधानमन्त्रीको लागि अगाडि सारेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

Read More

ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ ।  अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो ।

किर्कलाई अमेरिकी राष्ट्रपति ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो । उनी अमेरिकाभरि विभिन्न क्याम्पसमा बहस कार्यक्रम सञ्चालन गर्ने कारणले परिचित थिए । ट्रम्पले लेखेका छन्- ‘महान र प्रख्यात चार्ली किर्क अब रहेनन् । अमेरिकाका युवाहरूलाई चार्लीले जत्तिको कसैले बुझेन र माया गरेन ।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ । त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लाग्यो, उनी धेरै रगत बगेर भुइँमा ढलेका थिए । 

प्रसिद्ध राजनीतिक कार्यकर्ता चार्लीले टर्निङ प्वाइन्ट युएसए नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिको बारेमा बताउथे । उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो । आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

Read More

गभर्नर डा. पौडेल भन्छन्: मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस

काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैसेपाटीको घर जलाएर नपुगि वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस भनेका छन् ।

साथै गभर्नर पौडेलले जिन्दगीमा कसैसँग एक रुपैया नमागेको बताउदै आफु चितवनमा सधै कक्षामा फस्ट भएको र गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक रहेको, आफु नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएको बताएका छन् । 

उनले भनेका छन-
यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो । ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।

Read More