२०८३ बैशाख १३

जनार्दनको सुझाव: शक्तिशाली छानबिन आयोग र सबैको सहभागितामा सरकार चाहिन्छ, जेनजी समेटेर वैधानिक सरकार बनाऔं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यमान समस्या समाधानको लागि केही सुझावहरू अघि सारेका छन् ।

सङ्कटको बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ। ‘

संवैधानिक बलविहीन सरकार बनाउँदा वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई समेत ध्यान दिन जरुरी रहेको उनले बताएका छन् । संविधान बाहिर सरकार गठन गरिएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भई अकल्पनीय अवस्था सृजना हुने खतरा रहने र वर्तमान राष्ट्रिय सङ्कटलाई समाधान गर्न थप जटिलता हुन सक्नेबारे ध्यान दिन जरुरी रहेको शर्माले बताएका छन् ।

भ्रष्टाचारको जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं सङ्कटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईको भनिएको सरकार रहेको पनि उनको आरोप छ ।

प्रेस बक्तब्य
जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र राजनीतिक स्थायित्वसँग सम्बद्ध एवं जनताको जीवनचर्या भएको सामाजि सञ्जाल बन्द गर्ने लेकतन्त्रको आत्म मार्ने कार्यका विरुद्ध उठेकोआन्दोलनलाई सरकारले गरेको दमन नरसंहार को भत्सना गर्दछु। राजनीतिक सुधारका लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्णयोद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्द छु । सम्पूर्ण घाइतेहरूको स्वास्थ्य लाभको कामनागर्दछु।साथै नरसंहारको छानबिन गरि दोसिलाई कठघरामा ल्याउ न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नु पर्दछ।

यतिवेला मुलुक सरकार विहिन अवस्थामा रहेको छ । मुलुकभर एक प्रकारको भए र त्रासको अवस्थाछ । आम जनता असुरक्षित र संकित देखिन्छन् । त्यसैले सर्वप्रथम जनताको सुरक्षाको सुनिश्चित गर्ने र त्यस पछी मुलुकलाई राजनितक निकास दिन आवश्यक छ । त्यसैले बिध्यान समस्याको समाधानको लागी देहाय बमोजिमका कदमहरु तत्काल चाल्न म सबै सम्बद्ध स‌ग आग्रह गर्न चाहान्छु ।

· भ्रष्टाचार को जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक छ।

· राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं संकटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईकोभनिएको सरकार जसले सुधार र जनतालाई सेवा दिनुको सट्टा भ्रष्टाचारको वृद्धि गर्ने र अहंकारी प्रवृत्तिबाट ग्रसित भई जनताका आवाजहरुलाईकुल्चने ललकार्ने उत्तेजित बनाउने लगायतका अभिव्यक्ति र व्यवहारहरू मुख्य रूपले जिम्मेवार छन् ।

· आजको अराजक परिस्थिति सिर्जना गर्नुमा तिनै नेताहरुको परिवारवाद र कुर्सीमोहले जन्माएको भ्रष्टाचारको परिणाम हो ।

· आन्दोलनमा जेन्जीहरूले पवित्र उद्देश्यले उठाएका मुद्दाहरू त्यसमाथि गरेको दमन बाट उत्पन्न आक्रोशले सिर्जना गरेको वातावरण मा गलतमनसायले घुसपइट वाट मानविय र भौतिक मात्र नभई मुलुक स‌चालनको केन्द्रविन्दुमा रहेको तथ्यांक श्रेष्ता र सबै रेकर्डहरु समाप्त पारे र राष्ट्रलाईगम्भीर र अपूरणीय क्षति भएको छ।

· यतिबेला राजनीतिक पार्टीहरू पार्टीहरू नेतृत्वविहीन जस्ता भएका छन्। परिणाम स्वरुप वर्तमान संकटको समाधानका लागी गर्न पहल गर्ने सामर्थ्य र नैतिक आधार राजनितिक दलका शिर्ष नेताहरुले गुमाएका छन् ।

· यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रति निधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नुनितान्त आवश्यक छ। परिस्थिति अनुसार को सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो स‌विधानका सबैधाराको अक्षरस पालना नहुन सक्छतर सबैलाई स्विकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।

· स‌वैधानिक वल विहिन सरकार बनाउदा बर्तमान संविधानका फक्षधरहरुबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतिलाई समेत ध्यान दिन जरुरी छ । संविधान वाहिर सरकार गठन गरीएमा त्यसले राज्यका सबै नियको वैधानिकता माथी प्रश्न खडा भइ अकल्पनिय अवस्गा श्रजना हुने खतरा रहन्छ र बैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्ने वारे ध्यान दिन जरुरी छ।

· यतिबेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमापर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न लागी परौ ।

· राष्ट्र को संकट सबै नागरिरको सरोकारको र जिमेवारीको विषय हो। तसर्थ आन्दोलनले स्थापित नारा र एजेण्डा लाई सफल पार्न वैधानिकतालाई आत्म साथ गर्न सबैमा हार्दिकअपिल गर्दछु।

जनार्दन शर्मा ।