२०८३ बैशाख १३

राष्ट्रपतिको निर्णय असंबैधानिक: नेपाल बार

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको बताएको छ । 

बारले शुक्रबार राति प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक भएको बताउदै भर्त्सनायोग्य भनेको छ । 

बारले यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित रहेको बताएको छ ।

Read More

नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

काठमाडौँ । भारतले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको हो । साथै भारतले यसले  नेपालको शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ- हामी नेपालमा सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं । हामी आशावादी छौं, यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेछ । नजिकको छिमेकी, एक सह-लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा, भारतले हाम्रा दुई जनता र देशहरूको कल्याण र समृद्धिको लागि नेपालसँग नजिकबाट काम गरिरहनेछ ।

Read More

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका हुन् । 

जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेकी कार्कीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गरेका छन् ।

त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ  ।

Read More

जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पायो: बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पाएको बताएका छन् ।

जेनजीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पाएको बताएका हुन् ।

उनले वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली दिदै शहिदको योगदान अमूल्य रहेको र यसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने उल्लेख गरेका छन् ।

बालेनले भनेका छन्- 

प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Read More

सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिना भित्र निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा शपथ खुवाएसँगै उनको पहिलो जिम्मेवारी ६ महिना भित्र निर्वाचन गराउने भएको छ ।

यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीसँगै केहि मन्त्री नियुक्त गरिने बताइएको भएपनि कुनै मन्त्री भने नियुक्त गरिएको छैन ।

Read More

संसद विघटनप्रति माओवादी केन्द्रको असहमति

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद विघटनप्रति असहमति जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले संबैधानिक व्यवस्था विपरित वर्तमान संसदलाई विघटन गर्ने निर्णयप्रति असहमति रहेको बताएका छन् ।

सापकोटाले पार्टीको पदाधिकारी बैठकले संसद विघटनप्रति असहमति रहेको निर्णय गरेको जानकारी दिएका छन् ।

Read More

देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्युलाई खबर भोईसको तर्फबाट हार्दिक बधाई तथा शुभकामना

पूर्व प्रधानन्यायाधीश तथा निष्ठावान व्यक्तित्व सुशीला कार्की ज्युको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की ज्युको नेतृत्व नेपालको समसामयिक राजनीतिक परिप्रेक्ष्यमा ऐतिहासिक तथा प्रेरणादायक घटना हो ।

देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नु भएकोमा स-सम्मान हार्दिक बधाई तथा सफलता लागि शुभकामना प्रकट गर्दछौ ।

यो निर्णय केवल नेतृत्वको हस्तान्तरण होइन, एक नयाँ विश्वास, न्यायपूर्ण शासन र उत्तरदायी भविष्यको संकेत पनि हो । तसर्थ यँहाको न्यायप्रतिको प्रतिबद्धता, सिद्धान्तप्रतिको निष्ठा, र जनताप्रतिको संवेदनशीलता सबै नागरिकका लागि आशाको दियो बनेको छ ।

हामी पूर्ण विश्वासका साथ कामना गर्दछौ, यँहाको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई विद्यमान अन्योल र अस्थिरताबाट बाहिर निकाल्दै सुशासनको भ्रष्टाचाररहित नयाँ युगको आरम्भ गर्नेछ ।

देशलाई बचाउनुहोस्, जनताको आवाजलाई आत्मसात् गर्दै न्याय र समावेशी परिवर्तन सुनिश्चित गर्नुहोस् । यो ऐतिहासिक नेतृत्वको अवसर प्राप्त गर्नु भएकोमा खबर भोइस डटकम (टिभि लाइभ मिडिया नेटवर्क प्रा.लि.) परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना ।

Read More

सपथ ग्रहणमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित

काठमाडौँ । आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।

शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।

Read More

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने: देश बचाउनुस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

Read More

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Read More