२०८३ बैशाख १३

शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

काठमाडौँ । राष्ट्रपति निवास शितल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ खुवाउने तयारी भएको छ ।

कार्कीको शपथ कार्यक्रममा सहभागी हुन अहिले शितल निवासमा कुटनीतिक नियोगका प्रमुख र अन्य अतिथि पुग्नेक्रम जारी रहेको छ ।   

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ ।

Read More

संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बना: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् विघटन गर्नतिर अग्रसर हुनुलाई विडम्बनापूर्ण भएको बताएका छन् ।

महासचिव पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको सामाजिक सञ्जालमार्फत बताएका हुन् । साथै उनले सबैलाई सतर्क रहन र खबरदारी गर्न आग्रह गरेका छन् ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ’, महासचिव पोखरेलले लेखेका छन् ।

शुक्रबार साँझ जेनजीको माग अनुसार संसद् विघटन गर्ने र प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्त गर्ने सहमतिपछि पोखरेलले यस्तो बताएका हुन् । यस्तै एमाले सांसद सूर्य थापाले पनि संसद् विघटनको विरोध गरेका छन् ।

‘रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको छ ।लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन– भदौ २७ गते’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

Read More

शित्तल निवासमा यस्तो भयो सहमति

काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेर आजै राति ९ बजे शपथ खुवाउने भएका छन् । अहिले उनको नियुक्ति र शपथको तयारी भएको छ । 

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र शित्तल निवासमै बस्ने मन्त्रीपरिषदको पहिलो बैठकले संसद विघटन र निर्वाचनको मिति तोक्ने निर्णय गर्ने सहमति भएको छ । त्यसपछि त्यसलाई राष्ट्रपतिले आजै स्वीकृत गर्ने सहमति भएको छ । कार्कीले जेनजी समुहसँगको छलफलमा आज तीन सदस्यीय मन्त्रिपरिषद बनाउने बताइएको छ र मन्त्रिपरिषदका अन्य सदस्यको नाम गोप्य राखिएको छ ।

Read More

शितल निवासमा सहमति: सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ । 

Read More

साफ यू -१७ च्याम्पियनसिप खेल्ने नेपाली टिम भोलि श्रीलंका प्रस्थान गर्ने

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप खेल्ने पुरुष फुटबल टिम भोली श्रीलंका प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघले श्रीलंका जाने नेपाली यू-१७ टिमलाई आज बिदाइ गरेको छ  ।

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिम शनिबार त्यसतर्फ जाने भएको हो ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

Read More

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह गरेको छ । 

परिसंघले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको उल्लेख गर्दै लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह गरेको छ ।

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउने बताउदै परिसंघले नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरुप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा गम्भिर प्रयत्नशील बन्नुपर्ने परिसंघको बुझाई रहेको उल्लेख गरेको छ । 

परिसंघले भनेको छ-  
देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गर्दछ । आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । साथै, घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ । 

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्याेगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघ आग्रह गर्दछ । 

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गर्दछ । 

कोभिड १९ र तत्पश्चात लिइएका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनोतीपूर्ण अवस्थाको सामना गर्नु परेको थियो । हालको परिस्थितिमा सहज रुपमा उद्योग व्यवसाय संचालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर परी समग्र अर्थतन्त्रको विकास एवं सरकारको राजश्व प्रभावित हुन सक्ने भएकाले समयमै उचित वातावरण बनाउन परिसंघ सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गर्दछ ।   

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउँछ । नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरुप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भिर प्रयत्नशील बन्नुपर्ने हाम्रो बुझाई छ । युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट शसक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता विहिबार साँझ सम्पन्न परिसंघको राष्ट्रिय परिषद बैठकले गरेको जानकारी समेत गराउन चाहन्छौं ।

Read More

जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओम प्रकाशसहित सुशीला कार्की पुगिन् शीतल निवास

काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहितको टोली शीतल निवास पुगेको छ ।

कार्की सहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ ।

कार्कीलाई सरकारको प्रमुखमा चयन गर्ने विषयमा अन्तिम सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको छैन । दुवै पक्ष आ-आफ्नो अडान यथावत् रहेका छन् ।

Read More

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीहरुको अन्तिम संस्कार (फोटो फिचर)

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनीहरुलाई प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

Read More

जनताको रगत बगिरहँदा कम्युनिष्ट किन टुक्रा-टुक्रा ? आउनुहोस एकता गरेर अघि बढौ: घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिष्ट एकताको लागि आह्वान गरेका छन्।

२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् ।

उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु ।’

उनले एमाले र माओवादीको विचार एउटै भएपनि नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै विभाजित गरेको उल्लेख गरेका छन्।

उनले थपेका छन्,‘ म कम्युनिस्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिस्ट पार्टीका सदस्यहरू, खासगरि नेकपा एमाले र नेकपा माओवादीको स्कूलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्न चाहन्छु स् हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।’

Read More

आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह

काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह गरेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा अपिल गरेको हो ।

संघले नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवा पुस्ताको चाहनाबमोजिमको समृद्धि यात्रामा देश अगाडि बढ्ने हाम्रो अपेक्षा गरेको छ ।

संघले भनेको छ:
युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ गहिरो दुःख व्यक्त गर्दछ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौं । 

प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी अभूतपूर्व रुपमा भयभीत भएका छन् । यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ । 

अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं । यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गर्दछौं । सम्पूर्ण सरकारी निकाय र कार्यालयहरु तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने संघको अपेक्षा छ । 

नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प छैन । अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवा पुस्ताको चाहनाबमोजिमको समृद्धि यात्रामा देश अगाडि बढ्ने हाम्रो अपेक्षा छ ।

सुशासन र समृद्धिको दिशामा सरकोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित रुपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघ सम्बद्ध सबै पक्षलाई अपिल गर्दछ । व्यावसायिक एवं व्यक्तिगत सम्पत्ति सुरक्षाको ग्यारेन्टी भएको अवस्थामा मात्रै युवा पुस्ताले चाहेको सुशासन, बेथितिको अन्त्य र समृद्धि हासिल गर्न सकिने हुँदा त्यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं । 

अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसकेमा अर्थतन्त्रमा थप समस्या आउने निश्चित छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेसा व्यवसाय गर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह गर्दछौं । 

निषेधाज्ञा एवं कफ्र्युका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यकीय वस्तुको ओसारपसारमा सहजीकरण सम्बद्ध निकायलाई आग्रह गर्दछौं । परिस्थिति प्रतिकूल भए पनि हिम्मतका साथ गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन सम्पूर्ण सदस्य तथा अन्य व्यवसायीमा संघको अपिल छ । अत्यावश्यकीय लगायत अन्य सामान आयात निर्यातका लागि आवश्यक सुरक्षा प्रबन्ध गरी सम्पूर्ण भन्सार सम्पूर्ण नाकाहरु सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्दछौं । 

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न र यस्ता अप्रिय घटना दोहोरिन नदिन युवा पिढीको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिन चाहन्छौं ।

Read More