२०८३ बैशाख १३

तिन मन्त्रीले लिए शपथ: अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर खनाल,  नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्कीले अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएकी छन् भने कुलमान घिसिङलाई, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन् । त्यस्तै उनले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

Read More

संसद् भवनबाट घर लगिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

काठमाडौँ । संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ ।

संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो ।

सचिवालयले भनेको छ- ‘उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।’

Read More

भारतको झारखण्डमा एक करोड इनाम राखिएका माओवादी नेता मारिए

काठमाडौँ । भारतको झारखण्डमा एक करोड इनाम राखिएका माओवादी नेता सुरक्षाकर्मीसँगको मुडभेडमा मारिएका छन् ।

भारतीय मिडियाका अनुसार झारखण्डको हजारीबाग जिल्लामा भएको मुठभेडमा माओवादी नेता सहदेव सोरेनलाई मारेको दाबी सुरक्षा बलले गरेको छ । भाकपा माओवादीको केन्द्रीय समितिका सहदेवमाथि सरकारले एक करोडको इनाम थियो ।

पछिल्ला चार दिनमा माओवादी केन्द्रीय समितिका दुई सदस्य मुठभेडमा मारिएका छन् भने अर्का एक सदस्यले आत्मसमर्पण गरेका छन् ।

हजारीबागमा भएको मुठभेडमा सहदेव बाहेक अन्य दुई माओवादी पनि मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । जसमध्ये एक जनालाई जोनल कमाण्डर चञ्चलको रूपमा पहिचान गरिएको छ । चञ्चलमाथि सरकारले २५ लाख इनाम तोकेको थियो ।

मारिएका माओवादी नेता सहदेव सोरेनसँग माओवादी संगठनको झारखण्ड-बिहार क्षेत्रीय समितिको जिम्मेवारी थियो । केन्द्र सरकारले देशबाट माओवादीहरूलाई पूर्ण रूपमा निर्मूल पार्न ३१ मार्च २०२६ को समयसीमा तोकेको छ । यसका लागि सुरक्षा बलहरूले निरन्तर कारबाही गरिरहेका छन् । ठूलो संख्यामा माओवादीहरू मारिएका छन्, पक्राउ परेका छन् वा आत्मसमर्पण गरेका छन् ।

यसअघि बिहीबार सुरक्षा बलले छत्तीसगढको गरियाबन्दमा भएको एक मुठभेडमा माओवादी केन्द्रीय समिति सदस्य मोडेम बालकृष्णलाई मारेको दाबी गरेको थियो। बालकृष्ण बाहेक यस मुठभेडमा अन्य ९ माओवादी मारिएका थिए । यसपछि, शनिबार नै, अर्की केन्द्रीय समिति सदस्य पोथुला पद्मावती उर्फ ​​सुजाताले तेलंगानामा आत्मसमर्पण गरेकी थिइन् ।

Read More

नारायणकाजीको गुनासो: प्रधानमन्त्रीसँग सम्पर्क हुन सकेन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीसँग फोनमा पनि सम्पर्क नभएको र अन्य व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल नभएको बताएका छन् । श्रेष्ठले फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको  माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिएको बताएका छन् ।

उनले भनेका छन्- 
सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन । तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको  माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु । 

एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई  मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् । 

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस ।

चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।

पाँच, भ्रष्टाचारविरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौ ।

Read More

सुनचाँदीको मुल्य सामन्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामन्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार  चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।

Read More

प्रधानमन्त्री बन्छु भनेका महावीरले युवाको सबैभन्दा कम भोट पाए पछि दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । मन्त्री बन्दिन पाए भने प्रधानमन्त्री बन्छु भनेका महावीर पुनले जेनजी युवाहरुको चार प्रतिशत मत पाएपछि अझै मिहिनेत गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफुले चार प्रतिशत मत पाएको उल्लेख गर्दै पुनले सबैभन्दा कम भोट आफुले पाएको भन्दै आफु कहाँ रहेछु भन्ने थाहा भएको बताएका छन् ।

पुनले भनेका छन्- ‘कसलाई प्रधानमन्त्री चुन्ने भनेर भाईबहिनीहरुले चुनाव गरेका रहेछन् । यो कुरा मैले अहिले बाटोमा जाँदै गर्दा देखेँ । अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु । म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रष्ट संग थाहा पाएँ ।’

पुनले कम भोट पाउनुको अर्थ भाइबहिनीको मन जित्ने काम नगरेको भन्ने हो भन्दै अझै कस्सिएर काम गर्ने बताएका छन् । उनले भनेका छन्- ‘सबैभन्दा कम भोट पाउनुको मतलब मैले युबा भाईबहिनीहरुको मन जित्ने काम पटक्कै गरेको रहेनछु । त्यसैले अब बीरगञ्ज कृषि औजार कारखाना बीरगञ्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौमा र आर्डसिटी इनोभेसन ल्याव पोखरामा अझै कसिएर काम गर्नेछु ता कि भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाई बहिनीहरूकोअलि धेरै भोट पाउन सकुँ ।’

Read More

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अहिले डराएर घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो भन्दै घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्-  
पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो। अहिले डराएर घरभित्र लुकेर बस्ने सुदुरमुर्गहरूलाई क्रमश नेतृत्वबाट हटाएर खादा लगाइदिएर विदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ तिनलाई स्थापित गरौं ।

Read More

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको नयाँ टिमको शपथ साढे ११ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको शपथ आज सोमबार बिहान साढे ११ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको समय बिहान साढे ११ बजेलाई तय गरिएको छ ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि बताइएको छ ।

Read More

रोमानियाको पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप

काठमाडौँ । पोल्याण्डपछि रोमानियाले पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ ।

रोमानियाली रक्षा मन्त्रालयले रोमानियाली वायुसेनाका लडाकु विमानहरू शनिबार युक्रेनमा भएको रूसी आक्रमणको निगरानी गर्न उडिरहेका थिए र उनीहरूले युक्रेनको दक्षिणी सिमानाको नजिक ड्रोनलाई ट्र्याक गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो घुसपैठ गल्ती हुन नसक्ने भन्दै यो रूसद्वारा युद्धको स्पष्ट वृद्धिको संकेत हो । रूसले रोमानियाको दावीमा कुनै टिप्पणी गरेको छैन।

यस अघि बुधबार, पोल्याण्डले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कम्तिमा तीन रूसी ड्रोनहरू खसालेको दाबि गरेको थियो ।

Read More

फलगाम आक्रमणको असर क्रिकेटमा: भारतीय खेलाडीले मिलाएनन् हात, जित सेनालाई समर्पित

काठमाडौँ । एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा भारतले २५ बल बाँकी रहँदा पाकिस्तानलाई सात विकेटले पराजित गर्‍यो र चालू प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्‍यो ।

खेलमा कप्तान सूर्यकुमार यादवले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । यसपछि उनी सिधै पभिलियन फर्किए । उनले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । बाँकी खेलाडीहरूले पनि त्यस्तै गरे ।

पाकिस्तानका कप्तान सलमान अली आगा खेलपछि पुरस्कार समारोहमा उपस्थित भएनन् । उनका प्रशिक्षक माइक हेसनले खेलपछिको पत्रकार सम्मेलनमा तनाव बढेको स्वीकार गरे । हेसनले भने- ‘हामी हात मिलाउन चाहन्थ्यौं, तर विपक्षी टोलीले त्यसो नगरेकोमा निराश छौं । हामीले खेल्ने तरिकाबाट हामी निराश छौं, तर हामी हात मिलाउन चाहन्थ्यौं । के भयो पछि, सलमान खेलपछिको प्रस्तुतीकरणको लागि नआउनु कारण र त्यसैको प्रभाव थियो ।’  यसअघि पनि दुई कप्तानले टसको समयमा पनि हात मिलाएका थिएनन् । 

जितपछि भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले एसिया कपमा पाकिस्तान विरुद्धको जित भारतीय सेनालाई समर्पित गरे । सूर्यकुमारले टोली पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँग छ । भारत र पाकिस्तान बीचको खेललाई लिएर विवाद भएको र देशमा यो खेल बहिष्कार गर्ने माग भइरहेका बेला यो खेल खेलिएकाले यस अघि जस्तो भारत-पाकिस्तानबीचको खेलमा उत्साह देखिएको थिएन । सायद पहिलो पटक भारत पाकिस्तान क्रिकेट खेलमा स्टेडियममा सिट खाली देखिएको थियो । 

सूर्यकुमारले खेल पछि भने- ‘म केही भन्न चाहन्छु र यो सही अवसर पनि हो । हामी पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँग छौं र उनीहरूसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं । म यो जित हाम्रा सबै सशस्त्र सेनाहरूलाई समर्पित गर्दछु जसले धेरै बहादुरी देखाए । आशा छ कि उनीहरूले भविष्यमा हामीलाई प्रेरणा दिइरहनेछन् र जब पनि हामीले उनीहरूलाई खुशी पार्ने मौका पाउँछौं, हामी उनीहरूको अनुहारमा मुस्कान ल्याउँदै रहनेछौं ।’

Read More